शौचालय बनाउन नसक्नेलाई सार्वजनिक शौचालय बनाइदिन्छाैं – मुख्यमन्त्री राउत



प्रकाशित मिति : May 21, 2019
  • घन्श्याम मिश्र

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सोच भए शौचालय बन्ने तर्क गर्नुभएको छ ।
जनकपुरधाममा आज आयोजित खुला दिशामुक्त अभियान सम्बन्धी कार्यशालामा बोल्दै धनुषा र महोत्तरी जिल्लालाई खुला दिशामुक्त अभियानमा सहयोग गर्नको लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताको लागि प्रदेश सरकार सार्वजनिक शौचालय निर्माण गर्न तयार रहेको समेत उहाँले बताउँनु भयो ।

तपाईहरुले निर्माण गर्नुपर्ने स्थानबारे जानकारी गराउनुस्, हामी सार्वजनिक शौचालय बनाउँन तयार छौँ । धनुषा र महोत्तरी जिल्लाका स्थानीय तह प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको कार्यशालामा उहाँले प्रदेशलाई खुला दिशामुक्त घोषणा गराउन अघि बढ्नको लागि आग्रह गर्नुभयो ।

सम्पूर्ण प्रदेशबासीको महत्वपूर्ण अभिभारा खुला दिशामुक्त एवम् स्वच्छ बनाऔ, गाउँ शहर सारा भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश २ ले आयोजना गरेको कार्यशालामा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियान अन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न लागेको बताउनुभयो ।

धनुषा र महोत्तरीका पालिका प्रमुखहरुले आउँदो असार १५ सम्म आफनो पालिकालाई खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । धनुषाको ९५ र महोत्तरीको ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण कार्य भइसकेको तथ्यांकहरुले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com