फेसबुक मार्फत बनेकाे साथीले बन्धक बनाएर लगतार छ दिनसम्म बलात्कार गरेपछि…



प्रकाशित मिति : May 21, 2019

काठमाडौं । फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो । फेसबुक मार्फत नै उनीहरु सम्पर्कमा आएका थिएभने उत्सवले ती किशोरीलाई विभिन्न प्रलोभन दिएर आफ्नो बसमा ल्याएका थिए ।

फेसबुक मार्फत नै उनीहरुबीच सम्पर्क भएपछि केही दिन अगाडी ती किशोरीलाई उत्सवले भेट्न बोलाएका थिए । भेटन आएपछि उनलाई आफ्नो मोटरसाईकलमा राखेर अपहरण गरी गुप्ताले आफ्नो कोठामा लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरले जनाएको छ ।

किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए । गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा लगेर छाडेपछि फारर रहेका छन् । गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com