औषधि उद्योगमा भीषण आगलागी



प्रकाशित मिति : May 20, 2019

बुटवल । एक औषधि उद्योगमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

रुपन्देहीको खुन्सामा रहेको एसियन फार्मास्युटिकल्स प्रालिमा आगलागी भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालका अनुसार आगलागी भएको डेढ घण्टासम्म पनि दमकल नपुगेको कारण ठूलो क्षति हुन पुगेको हो ।

सोमबार दिउँसो भएको आगलागी नियन्त्रण गर्नका लागि सिद्धार्थनगर,तिलोत्तमा र बुटवल उपमहानगरपालिकाका दमकल पुगेको जनाइएको छ । आगलागिको कारण भने पत्ता लागेको छैन ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com