टोखामा ३ आत्मरक्षा तालिम सम्पन्न



प्रकाशित मिति : May 20, 2019

काठमाडाैँ । टोखा नगरपालिकाको आयोजनामा नेपाल सेल्फ डिफेन्स एसोसिएसनद्वारा किशोरीहरुलाई ३ दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ । टोखा नगरपालिका २ स्थित नगर अस्पतालको हलमा तालीम सम्पन्न भएको हो । काठमाण्डौको टोखा नगरपालिका अन्तर्गतका नीजि तथा सामुदायिक विद्यालयका किशोरीहरुलाई अत्मरक्षामा सबल बनाउने उदेश्यले तालीम संचालित गरिएको थियोे ।

कार्यक्रमलाई टोखा नगरपालिका उप प्रमुख ज्ञानमायाँ डंगोलले उद्घाटन तथा समापनमा
गर्नुभएको थियोे । उद्घाटन कार्यक्रममा बोल्दै उप–प्रमुख डंगोलले किशोरीहरुलाई प्रदान गरिने आत्मरक्षा तालिमले उनिहरुमा आत्मविश्वासमा बृद्धिभई आगामि दिनमा महिला माथि हुने विभिन्न हिंसा तथा दुव्र्यवहारका घटनामा कमि आउने विश्वास व्यक्त गर्नु भएको थियोे ।

साथै उहाँले आत्मरक्षा तालिम अघि टोखा नगरपालिकाका विभिन्न विद्यालयका किशोरीहरुलाई प्रदान गरिसकिएको स्मरण गर्दै आगामि दिनमा टोखा नगरपालिकामा रहेका सम्पुर्ण महिला तथा किशोरीहरुलाई प्रदान गर्ने वातावरण निर्माणमा आफू प्रतिवद्ध भएको समेत जानकारी गराउनु भएको थियोे । साथै समापन कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका प्रसासकिय अधिकृत श्री प्रदिप पौडेलले आत्मरक्षा तालिमले किशोरीहरुको मनोबलमा बृद्धि हुने बताउदै नगरपालिका भर यस्तो कार्यक्रम संचालन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।

यस्तै टोखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले अहिले महिला हिंसाका घटना बारम्बार दोहोरीरहेको अवस्थामा विद्यालयका किशोरीहरुले यस्तो अवसर प्राप्त गर्नु आफैँमा सौभाग्यको कुरा रहेको बताए । उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन तथा समापन सत्रमा टोखा नगरपालिकाको १,२ र ३ नं वडाका स्थानिय प्रतिनिधि नगरपालिकाका कर्मचारीहरु लगायत विद्यालयका शिक्षक तथा शिक्षिकाको सहभागिता रहेका थियो ।

कार्यक्रमा नेपाल सेल्फ डिफेन्स एसोसिएसनकी प्रमुख प्रशिक्षक सञ्जु महर्जन, टेक्निकल प्रमुख राधिका ऐर हमाल तथा प्रशिक्षक भगवती अधिकारी, तिलक घिमिरे लगायतले आत्मरक्षा सम्बन्धि विभिन्न सैद्धान्तिक एवं व्यवहारीक प्रशिक्षण प्रदान गरिएको उक्त तालिममा काठमाण्डौको टोखा नगरपालिका अन्तर्गतका १,२ र ३ नम्बर वडामा रहेका सामुदायिक तथा निजि विद्यालयका ४० जना किशोरीहरुले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमकोसमापन मिति २०७६ जेष्ठ ५ गते आइतबार ३ नं। प्रदेश सभाका सभासद माननिय दिपक निरौलाको उपस्तिथि समेत रहेको नेपाल सेल्फ डिफेन्स संघ मुख्य प्रशिक्षक सन्जु महर्जनले जानकारी गराउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com