योगमय बन्दै छायानाथ रारा नगरपालिका



प्रकाशित मिति : May 20, 2019
  • दान बहादुर बुढा

मुगु । पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न कारण समस्या देखिए पछि छायानाथ नगरपालिकाले योग सञ्चालनमा ल्याएको छ । मुगु जिल्लाका चार स्थानीय तह मध्ये एक मात्र नगरपालिका रहेको मुगु जिल्लाको छायानाग रारा नगरपालिका योगमय बन्दँै गएको छ । अशिक्षा, गरिबी, बेरोजगार र पछिल्लो समयमा अखाद्य बस्तु खान पिनमा निकै प्रयोग गर्नाले मानिसहरुको जिवन शैलीमा दिन प्रतिदिन खस्कदैँ गएपछि नगारपालिका भित्र योग सञ्चालन गरिएको हो ।

छायानाथ रारा नगरपालिका भित्र रहेको स्थानीयवासीहरुको जिवन शैलीलाई सुधार्नको लागी छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा प्राबिधिक सहयोग गमगढी पतनञ्जली योग समितिको सहकार्यमा नगरपालिका भित्रका एक वडा देखी चौध बडासम्म रहेका सबै बस्तीहरुमा बस्ने स्थानीयहरुलाई योग मार्फत राष्ट्र भक्ति स्वाश्यमा सुधार सकारात्मक र भष्ट्रचार मुक्त समाज निर्माण गर्ने अभियानका साथ योगमय नगरपालिका बनाउन लागीरहेको छायानाथ रारा नगर प्रमुखकाका नगर प्रमुख हरिजङ्ग शाहीले बताउनुभयो ।

बजारको खानपिन अज्ञानताका कारण मनिसहरु दिन प्रतिदिन अस्वस्थ्यकर बन्दै गएको भन्दै हामीले यो अभियान सञ्चालनमा ल्याएका हौँ, शाहीले भन्नुभयो । मानिसहरु कुनै पनि रोग लागी सके पछि मात्र रोगको उपचार गर्न जान्छन । रोग लाग्नु पूर्व नियमित योग गर्नु पर्छ आनिबानिमा परिर्वतन गर्नु पर्छ ।

नगरपालिका भित्र रहेको सबै बस्तीहरुमा रहेको मानिसहरुको स्वस्थ्य जिवन बनाउनको लागि सबै बस्तीमा ३ दिनको योग शिविर सञ्चालन गरिएको मुगु जिल्ला पतञ्जती योग समितिका अध्यक्ष जय बहादुर मल्लले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com