सुकुम्बासीलाई हस्तान्तरण नगरिएको काठमाडौंको रानीवन ‘अपार्टमेन्ट’



प्रकाशित मिति : May 20, 2019

काठमाडौँ । बागमती नदीको किनारमा रहेका सुकुम्बासीलाई व्यवस्थित गर्न भन्दै सरकारले झण्डै १५ करोड खर्चिएर ‘अपार्टमेन्ट’ बनायो । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनमा ‘अपार्टमेन्ट’ तयार भएको तीन वर्ष वित्दा पनि लक्षित वर्गलाई हस्तान्तरण गरिएको छैन ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा २०६९ सालमा निर्माण थालिएको यि ‘अर्पाटमेन्ट’ तयार भएको तीन वर्ष बित्यो । तर, सुकुम्बासीलाई राख्न भनेर बनाइएका यि भवन सरकारी वेवास्ताका कारण अहिले बेबारिसे छन् । न लक्षित भनिएको सुकुम्बासीलाई हस्तान्तरण गरिएको छ, न अन्य प्रयोजनका लागि प्रयोग गर्नेबारे गृहकार्य नै भएको छ ।

पाँच वटा भवनमा २ सय २४ अपार्टमेन्ट छ । यसको अर्थ यहाँ दुईसय चौविस परिवार बस्न सक्छन् । तर, बस्ने परिवारको टुंगो नलाग्दा यि भवन सरकारी निकायले कब्जा गर्न थालेका छन् । अहिले यहाँ नगरपालिकाको वडा कार्यालय, नगरपालिकाकै सहरी स्वास्थ्य इकाई र नेपाल प्रहरीको अस्थायी पिकेट छ । लक्षित वर्गले नपाएपछि स्थानीय सरकारले आफ्नै नगर क्षेत्रका गरिब परिवारलाई अर्पाटमेन्ट दिनुपर्ने अडान राखेको छ ।

सुकुम्वासीका लागि भन्दै निर्माण गरिएका अपार्टमेन्ट समयमा नै वितरण हुन नसक्दा अलपत्र छन् । उता सुकुम्वासीलाई व्यवस्थीत गर्दै उपत्यकाका खोला किनारलाई सुन्दर वनाउने योजना समेत सफल हुन सकेको छैन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com