दुई प्रहरी जवानमाथि बलात्कारको आरोप, आरोपित दुवै निलम्वित



प्रकाशित मिति : May 20, 2019

नवलपरासी । पश्चिम नवलपरासीमा कार्यरत दुई प्रहरी जवान निलम्बनमा परेका छन् । बलात्कार गरेको आरोपमा सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत जवान प्रेम खड्का र पाटेश्वर यादवमा निलम्बनमा परेका हुन् ।

उनीहरुलाइ स्थानीय १७ वर्षीया किशोरी र २६ वर्षीया महिलालालाइ बलात्कार गरेको आरोप लागेकाे हाे । पीडित परिवारका आनुसार गएको वैशाख १ गते घाँस काट्न गएकाबेला खड्का र यादवले बलात्कार गरेका थिए ।

घटना पहिल्यैको भएपनि पीडित युवतीहरुले गुपचुप राखेका कारण घटनाको रहस्य खुलेको थिएन । तर केही दिनपछि यसबारे स्थानीयले थाहा पाएपछि प्रहरीसमक्ष उजुरी परेको थियो । हाल आरोपित दुवै जवानबिरुद्ध जबर्जस्ती करणी अन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको नायव प्रहरी उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com