रौतहटमा विद्युत चोरी प्रकरणः प्राधिकरणले सुरु ग-यो ‘सर्च अपरेशन’



प्रकाशित मिति : May 16, 2019

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा विद्युत चोरी गर्नेहरु समाउन विरुद्ध विद्युत प्राधिकरणले अभियाननै सञ्चालन गरेको छ । प्रहरीलाई साथमा लिएर विद्युत प्राधिकरणका कर्मचारीहरुले तारबाट हुक गरिएका सबै ठाउँहरुका तार र मोटर कब्जामा लिइरहेको छ ।

यस अघि रौतहटको अधिकांश सरकारी कार्यालयहरुमा चारेर बिजुली प्रयोग गर्ने गरेको देखाएका थियौ । स्कुल, प्रहरी, स्वास्थ्य चोकी, वडा कार्यालय सबै तिर चोरीकै बिजुली प्रयोग भइरहेको थियो ।

बिजुलीको तारबाट हुक गरेर बिजुली चोर्नु यहाँ सामान्य जस्तै भइसकेको थियो । हामीले कार्यक्रममा विद्युत चोरीको रिपोर्ट देखाएपछि विद्युत प्रहरीको सहयोगमा विद्युत प्राधिकरणका कर्मचारीहरु विद्युत चोरी गर्नेहरु खोज्दै हिडेका छन् । हुक गरेका तारहरु विद्युत प्राधिकरणका कर्मचारीहरुले पक्राउ गरेको छ ।

विद्युत प्राधिकरणका अनुसार ताराईका जिल्लाहरुमा सबै भन्दा बढी विद्युत चोरी हुने गर्दछ । तर यसरीनै सबै ठाउँमा सर्च अपरेशन गरे ३० प्रतिशत चोरी हुने विद्युतलाई धरै कम गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com