चोरबाट यार्सा जोगाउन रुकुममा २०० युवा परिचालन



प्रकाशित मिति : May 16, 2019

रुकुम । चाेरबाट यार्सा जाेगाउनकाे लागि पूर्व पुथाउत्तरंगा गाउँपालिकाले २०० युवा परिचालन गरेकाे छ । विभिन्न बुकी तथा पाटनमा पाइने यार्सा टिप्न सुरसार तयारी थालिएसँगै उम्रिसकेको यार्सालाई चोरबाट जोगाउन लागि सिजन व्यवस्थापन समितिले २०० युवा परिचालन गरिएकाे हाे ।

समितिका अनुसार २०० सय बढी युवाहरूलाई बुकीको सुरक्षा गर्न पठाएर सिजन व्यवस्थापन समितिको बैठक बसेर टिप्ने मिति तोक्ने तयारी गरिरहेको छ। स्थानीय भरतकुमार पुनका अनुसार सुरक्षाका लागि बुकी पुगेका युवाहरूले ल्याउने खबरको आधारमा यार्सा खुला गर्ने दिनको निर्णय हुने गरेको छ।

यता यार्सा खोज्न जाने सर्वसाधारण मालसामानको जोहो गर्दै छन्। सिजन व्यवस्थापन समितिले यार्सा खोज्ने र किन्नेका लागि प्रवेश शुल्क पनि तोकिसकेको छैन।

गाउँपालिकाको रन्मामैकोट, पुपाल, अरविजा, जंगला, पूर्वाङलगायत ठाउँमा यार्सा पाइन्छ। त्यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको यार्साको एउटा सिजनबाट उनीहरूले वर्षभरको खर्च व्यवस्थापन गर्छन्।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com