फेसबुकले ल्यायाे कडा नियम : आतङ्कवाद र हिंसात्मक सामग्री प्रसारण गर्न नपाइने



प्रकाशित मिति : May 16, 2019

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले कडा नीति सार्वजनिक गरेको छ । फसबुकले आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै नयाँ नीति ल्याएको हो ।

गत मार्चमा न्यूजिल्याण्डको एउटा मस्जिदमा ५१ जनाको ज्यान जाने गरी गरिएको हमलालाई आक्रमणकारीहरूले प्रत्यक्ष प्रसारण गरेका थिए। उक्त घटनाका कारण विवादमा परेपछि फेसबुकले कडा नीति सार्वजनिक गरेको हो।

अब फेसबुकमा आतङ्कवाद र हिंसासँग घटनाहरू राख्नका साथै लाइभ गर्न नपाइने भएकाे छ । फेसबुकले हिंसाको लाइभ र यसबारेकाे सामग्री शेयरिङ रोक्नको लागि ‘वान स्ट्राइक पोलिसी’ बनाएको छ । 

यो निर्णयसँगै अब यदि कसैले आफ्नो फेसबुकबाट हिंसात्मक भिडियो लाइभ गरेमा फेसबुकले एक्सन लिन सक्नेछन् र निश्चित समयको लागि प्रतिबन्ध लगाउने छ  । समाचारअनुसार पहिलो चरणमा एक महिनाको प्रतिबन्ध लाग्नेछ । 

इन्टरनेटमा उग्रवादलाई प्रोत्साहन दिने खाले सामग्री सम्बन्धी समस्याको समाधानको खोजी गर्न प्यारिसमा बुधवार आयोजना हुन लागेको एउटा सम्मेलनअघि त्यस्तो उपाय अगाडि सारिएको हो।

फेसबुकले आगामी साताहरूमा उसको मातहतका अन्य अनलाइन प्लेटफर्महरूमा पनि यी नयाँ नियमहरू लगाउने बताइएको छ। त्यसमा फेसबुकमार्फत् विज्ञापन गर्नेहरू पनि समेटिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com