साइबर हमलाको आशंकामा ट्रम्पद्वारा राष्ट्रिय संकटकालको घोषणा



प्रकाशित मिति : May 16, 2019

एजेन्सी । अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले अन्र्तराष्ट्रिय साइबर हमलाको अवस्थामा स्वदेशी कम्प्युटर बचाउन राष्ट्रिय संकटकाल घोषणा गरेका छन् ।

उनले यो आदेश जारी गर्दै अमरीकीमा रहेका विदेशी कम्पनीका सञ्चारका उपकरणहरु उपयोग गर्न बन्देज लगाएका हुन् । उनको आदेश अनुसार ती विदेशी सञ्चारसेवा दिँदै आएका कम्पनीहरुद्वारा राष्ट्रिय सुरक्षा खतरामा रहेको छ ।

ट्रप्पले आदेशमा कुनै कम्पनीको नाम नलिए पनि चीनीयाँ कम्पनी हुवावेलाई केन्द्रित गर्दै यो कदम चालेको विश्लेसकहरुको भनाइ छ । यो कम्पनीले आफ्नो सेवामार्फत निगरानी गर्ने आशंका अमेरिकालगायतका केही अन्यदेशले गर्ने गरेका छन् ।

तर हुवावेले भने यस्को अस्वीकार गर्दै आएको छ । हुवावेले अमेरिकाको यो कदमले अमेरिकामा फाइभ जी विस्तारमा अवरोध हुने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com