सुनाकोठी-चापागाउँ-लेले सडक ६ दिनदेखि ठप्प



प्रकाशित मिति : May 16, 2019

काठमाडौं । ठेक्का सम्झौता भएको दुई वर्षसम्म पनि ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले तिरेश्वर हुँदै सरस्वती कुण्ड जोड्ने (१३.०१ किलोमिटर) सडक निर्माण नभएपछि स्थानीयवासी ६ दिनदेखि आन्दोलित बनेका छन् । स्थानीयले सुनाकोठीदेखि चापागाउँ हुँदै चल्ने सवारीसाधनमा रोक लगाएका छन् भने गौँडा–गौँडामा बाँस, फलामको रड, काठ र मूढा तेस्र्याएर धर्ना दिएका छन् ।

चापागाउँ, सुनाकोठी, ठेचोका बासिन्दाले घाम लाग्दा धुलो र पानी पर्दा हिलोले आजित बनेपछि आन्दोलनमा उत्रिएको बताएका छन् । ६ दिनदेखि लगातार आन्दोलन भए पनि स्थानीयको माग सुनुवाइ गर्ने विषयमा कुनै निकायले चासो दिएको छैन । धर्नास्थलमा भेटिएका गोदावरी–१२ थेचोका अनुपकुमार महर्जनका अनुसार धुवाँ र धुलोले आजित भएपछि आन्दोलनमा उत्रिएको बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com