सँगै बस्न नमानेको झोकमा श्रीमतीमाथि एसिड प्रहार



प्रकाशित मिति : May 16, 2019

काठमाडौं । राजधानीको कालोपुलमा श्रीमानले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेका हुन् । 

उनलाई महानरीय प्रहरी परीसरको टोलीले काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट बुधबार राति नै पक्राउ गर्याे ।

एसिड प्रहारबाट घाइते भएकी जेनीकाे अनुहार र शरिरको केही भाग जलेको छ । उनकाे अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। एसिड प्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेकाे छ ।

प्रारम्भिक बयानमासँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार गरेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीका अनुसार काभ्रे धुलेखेलका विष्णुले, ‘पटक पटक घर आउनु भन्दा नमानेपछि रिसको झोकमा कालोपुल आएर कोठा बाहिर बोलाइ एसिड प्रहार गरेको’ स्वीकार गरेका हुन्।

६ वर्षअघि विवाह भएको उनीहरूका एक छोरा पनि छन्। घरमा श्रीमती भएको र आफू दोस्री श्रीमती भएको थाहा पाएपछि जेनी अलग्गै बस्दै आएको पनि विष्णुले प्रहरीलाई बताएका छन्।प्रवक्ता बोगटीले भन्नुभयाे, ‘पहिले विवाह गरेको पनि रहेछ। बहुविवाह गरेको थाहा पाएपछि उनले विष्णुलाई छोडेकी रहिछन्। उनी कालोपुल माइतिको डेरामा आएर बस्दै आएकी रहेछन्।’ उनले छोरालाई आफूसँगै हुर्काउँदै आएकी थिइन्।

भुजेल काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै आएका थिए। दुई बीच ६ वर्षअघि विवाह भएको थियो। केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए। भुजेलले दोस्रो विवाह गरेकाले उनकी श्रीमती कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com