व्यायाम नगरे जरिवाना तिर्नुपर्ने चीनको एक कम्पनीको नियम !



प्रकाशित मिति : May 15, 2019

कुनै पनि कम्पनीले आफ्ना कर्मचारीलाई जिम्मेवारी पूरा नगरे जरिवाना गर्नु सामान्य हो । तर, चीनको एउटा कम्पनीले पर्याप्त नहिँडेको भन्दै कर्मचारीलाई जरिवाना लगाएको छ ।

चीनको सियाओ सि नामक एक कम्पनीले आफ्ना कर्मचारीलाई व्यायमको महत्व बुझाउन नहिँड्ने कर्मचारीलाई जरिवाना लगाउने नियम बनाएको छ । यो कम्पनीका कर्मचारीलाई मासिक एक लाख ८० हजार पाइला हिँड्ने लक्ष्य दिइएको छ । एक पाइलामात्र कम भएपनि शून्य दशमलव १ युआन जरिवाना लगाइन्छ ।

तोकिएको पाइला पूरा गर्न कर्मचारीलाई निकै हम्मेहम्मे पर्ने बताइएको छ । केही स्वास्थ्य बीमा कम्पनीले एप मार्फत ग्राहकको दैनिक हिँडाई मापन गर्ने गर्छन् । लक्ष्य पूरा गरे उनीहरुलाई छुट पनि दिइन्छ । कम्पनीले आफ्ना कर्मचारीलाई शारिरिक रुपमा फुर्तिलो रहून भनी जरिवाना लिने गरेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com