सन्दीपसंगै चार नेपाली क्रिकेटर सिपिएल २०१९ को ड्राफ्टमा



प्रकाशित मिति : May 15, 2019

काठमाडौं । नेपालका चार जना क्रिकेट खेलाडीहरु क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् ।

लन्डमा आगामी जेठ ८ गते खेलाडी छनोट हुँदैछ । जसका लागि नेपालबाट सन्दीप लामिछाने,दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सोमपाल कामीसंगै चार जना क्रिकेटरहरु दर्ता भएका हुन् ।

सिपिएलको आधिकारिक वेभ पोर्टलका अनुसार नेपालका चार खेलाडीसंगै २० देशका ५ सय ३६ खेलाडी ड्राफ्टमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com