बैंकहरुको स्प्रेड दर राष्ट्र बैंकले तोके भन्दा बढी हुँदा समेत कुनै कारबाही भएन्



प्रकाशित मिति : May 15, 2019

काठमाडौं । ब्याजदरमा समस्या आउन थालेपछि नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजको फरक (स्प्रेड दर) दरमा नयाँ व्यवस्था गरेको थियो । तर पाँच वटा वाणिज्य बैंकहरुले राष्ट्र बैंकको व्यवस्थालाई वेवास्ता गर्दै तोकिए भन्दा बढी ब्याजदर फरक पारिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/०७६ को अन्तिम सम्ममा ४ दशालव ५ प्रतिशत निक्षेप र कर्जाको ब्याजदरको फरक (स्प्रेड दर) कायम गर्नुपर्ने नीति लिएको छ । त्यस यता चैत मसान्त सम्म बैंकहरुले यस्तो दर ४ दशालव ७५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था छ । तर यस्तो व्यवस्थामा २ वटा सरकारी बैंक र तीन वटा निजी क्षेत्रका वाणिज्य बैंकहरुले अटेर गर्दै तोकिएभन्दा बढी ब्याजदर अशुलिरहेका छन् ।

निक्षेप र कर्जाको ब्याजदर फरक तोकिए भन्दा बढी हुने बैंकहरु


स्प्रेड दरमा राष्ट्र बैंकलाई नटेरने बैंकहरु पछिल्लो समय उच्च नाफा गर्ने बैंकहरु मध्येका हुन् । हुनत केन्द्रिय बैंकको नीतिगत व्यवस्थालाई नटेरेर ब्याजदर फरक उच्च बनाउँदा बैंकहरुको नाफा स्वतः बढ्छ । यसरी कमाएको नाफाले बैंकको शाखःलाई गिराउँछ। तरपनि यस्ता बैंकहरुलाई राष्ट्र बैंकले अहिले सम्म कुनै कारबाही गरेको छैन् ।

निक्षेपको ब्याजदर र कर्जाको ब्याजदरबीचको फरक कम हुँदा बैंकको नाफा पनि कम हुन्छ । तर जसरी पनि कमाउन पर्छ भन्ने ध्याउन्नमा लागेका यी बैंकहरुले नाफा कमाउनकै लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट व्यवस्था गरेको नीति माथि नै अटेर गरिरहेका छन् । तर राष्ट्र बैंकले कारबाही गरिरहेको छैन् । यसले आम सर्वसाधारणले जम्मा गरेको निक्षेप माथिको जोखिमलाई थप बढाउँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com