उद्योग मन्त्रालय अन्तर्गतको एकल विन्दु सेवा केन्द्र सञ्चालनमा



प्रकाशित मिति : May 15, 2019

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकल विन्दु सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । लगानी भित्र्याउन सहज बनाउन सरकारले यो केन्द्र सञ्चालनमा ल्याएको हो । तर, मन्त्री आफैंले भने पूर्ण सञ्चालनमा आउन केही समय लाग्ने बताएका छन् ।

लगानीकर्ताहरुलाई उद्योग सञ्चालनका लागि १९ भन्दा बढी स्थानमा धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । एकल विन्दु सेवा केन्द्रले यो समस्या हटाउने विश्वास लिइएको छ । ९ वटा इकाइ रहने यो केन्द्रले गर्ने काम यस्ता छन्ः

  • –परियोजनाको अनुमति
  • –समझदारी पत्र
  • –लगानी अनुमति र सम्झौता

एकल विन्दु सेवा केन्द्रका इकाइहरुः

  • –उद्योग दर्ता
  • –वातावरण प्रभाव मुल्यांकन
  • –विदेशी विनिमय सहजीकरण
  • –भिषा सहजीकरण
  • –विदेशी लगानी तथा प्रविधि हस्तान्तरण
  • –पूर्वाधार (उर्जा तथा सञ्चार समेत)
  • –जग्गा सहजीकरण
  • –भन्सार तथा राजस्व इकाइ
  • –कानुन इकाइ

ऐन बमोजिम एकल विन्दु सेवा केन्द्रबाट ६ अर्ब रुपैयाँ पूँजीसम्मको स्वदेशी तथा विदेशी लगानी स्वीकृत गर्ने छ । यद्दपी, ६ अर्बभन्दा बढीका लगानी बोर्ड अन्र्तगत स्थापना हुने एकल विन्दु सेवा केन्द्रबाट काम हुने छ । लगानीकर्ताले तोकिएको कानुन सबै प्रक्रिया पु¥याए २४ घण्टा भित्रै उद्योग दर्ता गर्न सकिने जनाएको छ । तर, उद्योग मन्त्री मात्रिका यादवले कर्मचारीको प्रवृत्तिमा सुधार आउन आवश्यक रहेको बताए ।

निजी क्षेत्रले लामो समय देखि माग गर्दैआएको एकल विन्दु सेवाकेन्द्र स्थापना हुनुमा बाह्य र आन्तरीक दुवै लगानीकर्ताहरुलाई सकरात्मक भएको दावी गरेका छन् ।

सरकारले नीति तथा कार्यक्रममामा नै लगानी प्रवद्र्धन र कानुनी प्रक्रिय सहजीकरणका लागि एकल विन्दु सेवा केन्द्र स्थापना गर्ने घोषण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com