जनता सडकमा उत्रिए लगत्तै सुरुभयो बौद्ध सडक खण्डको पिच



प्रकाशित मिति : May 15, 2019

काठमाडौं। लामो समयदेखी धुलो धुवा सहन बाध्य भएको भन्दै स्थानीय बासिन्दा सडकमा उत्रिए लगत्तै बोद्ध सडकखण्डको पिच गर्ने कार्य सुरु भएको छ । बेला बेलामा सडक मर्मतको लागि दवाव दिँदा पनि सुनावाई नभए पछि बैशाख २६ गते स्थानीय तथा व्यापारीले सडक अवरुद्ध गरेका थिए ।

सडक अवरुद्ध गरेसंगै चाबहिलबाट बौद्धसम्मको सडकको पिच गर्ने काम बुधबार बिहान ८ बजेदेखि शुरु भएको हो । सडक अवरुद्ध गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी नै चलेको थियो । सोही क्रममा सडक तत्कालै कालोपत्र गर्ने सहमति भयो र अवरुद्ध सडक खुल्यो। सहमतिअनुसार अहिले बौद्ध क्षेत्रमा कालोपत्रे गर्नेक्रम बढेको छ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com