तेस्रो एक दिवसीय खेलमा इंग्ल्याण्डद्वारा पाकिस्तान ६ विकेटले पराजित



प्रकाशित मिति : May 15, 2019

काठमाडौं । तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले पाकिस्तानलाइ ६ विकेटले पराजित भएको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले ६ विकेटको शानदार जित निकालेको हो । जितसँगै इंग्ल्याण्ड ५ खेलको सिरीजमा दुई शुन्यले अगाडी छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ४४ ओभर ५ बल खेल्दै चार विकेटको क्षतिमा लक्ष्य पुरा गर्याे ।

पाकिस्तानका लागी इमाम उल हकले एक सय ५१ रनको योगदान गरे भने आसिफ अलीले ५२ रन बनाए । इंग्ल्याण्डका लागि जेसोन रोयले ७६ र मोलयन अलीले अविजित ४६ रन बनाए । पहिलो खेल वर्षाका कारण विथोलिएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com