बार्सिलोना मेरा घर हो, म यहाँ खुसी छु र यहीँबाट फुटबल बिसाउन चाहन्छु : राकिटिक



प्रकाशित मिति : May 15, 2019

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाका स्टार मिडफिल्डर राकिटिक आफू बार्सिलोनामै बस्न चाहेकाे बताएका छन् । च्याम्पियन्स लिगमा लिभरपुलसँग ४–० ले पराजित हुँदै प्रतियाेगिताबाट बाहिरिएपछि राकिटिकले खराब प्रदर्शन गरेको भन्दै बार्सिलाेनाले बेच्ने चर्चा चलिरहँदा उनले आफू बार्सिलोनामै खुसी हुने बताएका हुन् ।

राकिटिकले आफू टिमको प्रदर्शनमा केन्द्रित रहेको पनि बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म अहिले बार्सिलोनामा केन्द्रित हुन चाहन्छु । र, म अझै थुप्रै वर्ष यहीं बिताउन चाहन्छु, म अझै यहाँबाट थुप्रै उपाधि जित्न चाहन्छु ।’

राकिटिकले आफूले टिमका लागि सबथोक दिँदै आएको र आगामी दिनमा पनि सबथोक दिन तयार रहेको बताए । राकिटिक भन्छन् ‘बार्सिलोना मेरा लागि घर हो । मैले यहाँ जीवनका सुन्दर ५ वर्ष बिताइसकें, म यहाँ खुसी छु । र, यहींबाट फुटबल बिसाउन चाहन्छु । म टिमका लागि सबथोक दिन तयार छु ।’

राकिटिकलाई इटालियन क्लब इन्टर मिलालने भित्र्याउन चाहको चर्चा छ । इन्टरमिलानकाे नजर राकिटिकमाथि छ । इन्टरले राकिटिकलाई भित्र्याउन बार्सिलोनासमक्ष ५ करोड पाउन्ड प्रस्ताव राखेको छ । स्पेनिस पत्रिका एल मार्काका अनुसार बार्सिलोना र इन्टरमिलानबीच सम्झौता हुने पक्कापक्की जस्तै छ ।

बार्सिलोनासँग राकिटिको सम्झैता सन् २०२१ सम्म रहेको छ । राकिटिक सन् २०१४ सेभिल्लाबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।




प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com