ग्रिजम्यानले एथ्लेटिको मड्रिड छोड्ने, बार्सिलोना जाने सम्भावना



प्रकाशित मिति : May 15, 2019

एजेन्सी । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् । उनले समाजिक सञ्जाल ट्वीटरमा भिडियो पोस्ट गरेर भनेका छन्, ‘यो क्लबमा बिताएका पाँच वर्ष उत्कृष्ट रहे । सबथोकका लागि धन्यबाद ।’

उनले आफ्ना समर्थकहरुलाई अहिलेकाे लागि एथ्लेटिको मड्रिड छाड्ने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मलाई जहिले असीमित माया दिएका समर्थकहरुलाई यो जानकारी दिन चाहन्छु कि अहिलेका लागि यो क्लब छोड्दैछु, अरु चिजहरु हेर्नका लागि र अरु चुनातीहरु सामना गर्नका लागि ।’

ग्रिजमनले एथ्लेटि छाड्ने भएसँगै बार्सिलपोनाले जाने सम्भावना रहेको छ । उनलाई बार्सिलोनाले अनुबन्धन गर्ने प्रस्ताव अगाडी सारेको छ । एटलेटिकोले बार्सिलाेनाकाे प्रस्ताव स्वीकार गरे २८ वर्षीय ग्रिजमन १ जुलाईमा बार्सिलोना प्रस्थान गर्नेछन् ।

ग्रिजम्यानलाई भित्र्याउनका लागि बार्सिलाेनाले एथ्लेटिको मड्रिडलाई कम्तिमा १२० मिलियन युरो तिर्नु पर्छ । उनलाई गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

ग्रिजम्यानले अहिलेसम्म एथ्लेटिकोका लागि २५६ खेलमा १३३ गोल गरेका छन् । यो अवधिमा उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप जितेका छन् । उनी पछिल्ला पाँच सिजन क्लबका सर्वाधिक गोलकर्ता हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com