तारा र चन्द्रमासँगै अब आकाशमा विज्ञापन देख्न पाइने



प्रकाशित मिति : May 14, 2019

काठमाडौं । के तपाईँले खुला आकासमा कहिल्यै विज्ञापन देख्नुभएको छ ? देख्नृु भएको छैन भने अब चाँडैै देख्न पाउनु हुनेछ ?

निकट भविष्यमा राति आकाश हेर्दा तारा र चन्द्रमा बाहेक अब छिटै विज्ञापन पनि देख्न पाइने भएको छ । यसका लागि स्टार्ट–रकेट नामक एक रुसी कम्पनीले नयाँ योजना ल्याएको छ । यस योजनालाई मुर्तरुप दिन रकेटबाट स–साना भूउपग्रहहरु अन्तरीक्ष पठाइनेछ । जसले सूर्यको प्रकाश परावर्तन गराएर रातको समयमा आकाशमा ब्राण्डका शब्द अथवा लोगोको आकृतिमा चम्किनेछ ।

यस कम्पनीका अनुसार सन् २०२१ सम्म पहिलो विज्ञापन पठाइने छ भने विश्वभर सो विज्ञापनलाई एकै पटक पृथ्वीका अर्बौ मानिसहरुले हेर्न सक्छन् । विज्ञापनको लागि एक साथ कयैन भूउपग्रहमा शब्दहरु र लोगोका श्रृखंलाहरु पठाइन्छ ।

प्रत्येक भू–उपग्रहमा तीस फुट चौडा प्रतिबिम्ब सेल जोडिनेछ जसले सूर्यको प्रकाशलाई पृथ्वीतर्फ प्रतिबिम्बित गर्नेछ । यी भू–उपग्रहहरु पृथ्वीको सतहबाट ४ सय ८० किलामिटरको उचाईमा तैरिरहन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com