सुदूरपश्चिमको अस्थायी राजधानी बनेपछि धनगढीमा सेवा सुविधा मात्र नभइ समस्या पनि थपियो (भिडियो)



प्रकाशित मिति : May 14, 2019

 १.सुदूरपश्चिमको अस्थायी राजधानी बनेपछि धनगढीमा सेवा सुविधा मात्र नभइ समस्या पनि थपियो

धनगढीलाई अहिले भ्याई नभ्याई छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी बनेपछि शहरोन्मुख यो शहरमा सेवा सुविधासंगै समस्या पनि थपिदो छ । ‘मेडिकल हब’ बन्ने दौडमा रहेको यो शहर ‘स्पोट्र्स हब’को नामले पनि चिनिदै आएको छ ।

सुदूपश्चिमका धेरै पहाडी जिल्लाका जनताहरुको रोजाईको पहिलो यो शहरले अस्थायी राजधानी बन्ने अवसर पाएपछि प्रदेश सरकार मन्त्रालयहरु थपिए भने धेरै कार्यालयहरु पनि थपिएका छन् ।

यीसंगै थपिएका सवारी साधनहरु अहिले धनगढीका लागि बोझ बन्न थालेको छ । त्यसमाथि ५ हजारको हाराहारीमा रहेको अटोरिक्साहरुले गर्दा सवारी जाम मात्र नभइ दुर्घटनाको जोखिम पनि बढ्दो छ ।

सडक विस्तार कार्य प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आरोप प्रत्यारोपले अलमलमा परेपछि धनगढीवासीले तत्काल सवारीको चाँपले निम्त्याएको समस्याबाट मुक्ति पाउने अवस्था देखिएको छैन ।


२.मोहना नदी किनारमा तरकारी खेती गरेर भारतीयहरु मनग्ये कमाउदै, नेपालीहरु भने विदेशतिर

गरे अवसर यही माटोमा प्रशस्त छ । तर लाजमर्दो पक्ष नेपालमा रहेको सम्भावना र अवसरलाई भने नेपालीले नभइ भारतीयहरुले चिनेका छन् ।

काम र दामको खोजीमा विदेशमा भौतारिरहेका नेपाली युवाहरुलाई चुनौती दिदै भारतीय नागरिकहरुले कैलालीको नदी किनारमा तरकारी खेती गरेर मनग्ये आम्दानी गरिरहेका छन् । विगत ३५ बर्षदेखि भारतबाट आएका २० परिवारले कैलालीको मोहना नदी किनारमा तरकारी खेती गरेर धनगढीका घरघरमा ताजा तरकारी पुर्याइरहेका छन् ।

अझ कतिपय कैलालीवासी भने नदी किनारमा नै पुगेर उनीहरुले उत्पादन गरेको लौका, फर्सी,करेला, काक्रा र तरबुजा खरिद गर्ने गरेका छन् । अवसर पाइएन भनेर भौतारिरहने र कामको खोजीमा विदेश उड्ने नेपाली युवाहरुका लागि यी भारतीय परिवारहरु उदाहरण बनेका छन् ।

३.सीमानाकामा जतिसुकै कडाई गरिएपनि मानव बेचविखनको कहाली भने रोकिएन

मानव वेचविखनको यो कहालीबाट यो मुलुकले अझै उन्मुतिm पाउने सम्भावना देखिएको छैन । खुला सीमानालाई मुख्य दोष देखाइए पनि जनचेतनाको अभावमा अझै पनि धेरै नेपाली युवा युवतीहरु बेचिने क्रम बढ्दो छ ।

मानव वेचविखन न्यूनीकरणका लागि सीमा नाकामा सरकारी सुरक्षा निकायका सुरक्षाकर्मी मात्र नभएर बिभिन्न संघसंस्थाका कर्मचारीहरु सक्रिय छन् । तर पनि नेपाली चेलीहरु भारत हुँदै खाडी मुलुकदेखि नयाँ गन्तव्य मानिएको अफ्रिकासम्म पुग्न छोडेका छैनन ।

हरेक महिना सीमानाकाबाट धेरै युवायुवतीहरुको उद्धार हुँदै आएको छ । तर सुुरक्षाकर्मी र संघसंस्थाका कर्मचारीलाई छलेर सीमा काट्ने नेपालीहरुको लर्को भने रोकिएको छैन , बरु बढ्दो छ ।

हेर्नुहोस् (भिडियाे)


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com