किम जोङ उनद्वारा लगाउने मात्र होइन भोक लागेमा खान पनि मिल्ने कपडा डिजाइन



प्रकाशित मिति : May 13, 2019

एजेन्सी । लगाउने कपडा खान पनि मिल्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ? तर उत्तर कोरियामा किम जोङ उनद्वारा खान मिल्ने कपडामा डिजाइनहरु सार्वजनिक भएका छन् ।

उत्तर कोरियाली नेता किम जोंग उनले भोक लाग्दा खान पनि सकिने डिजाइनर कपडा सार्वजनिक गरेका छन् । आफ्नो फेशन उत्पादन सार्वजनिक गर्दै उनले लामो समयसम्म भोकमरीसँग जुधिरहेको आफ्नो देशमा यस्ता डिजाइन सार्वजनिक गरेका हुन् ।

स्विमिङ, हाइकिङ र एड्भेन्चर रुचाउनेका लागि यस किसिमको डिजाइन कपडा निकै सहयोगी हुने बताइएको छ । किम क्लोदिङ रिसर्च सेन्टरमा बनेका यी कपडा फ्लेनलेट फेब्रिकले बनाइएको हो ।

जसमा फेब्रिक प्रोटिन, एमिनो एसिड, फ्रुट जुस, म्याग्नेसियम, आइरन र क्याल्सियमको मिश्रण छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com