अन्तरीक्षसँग सम्बन्धित काममा प्रयोग हुने एन्टी म्याटर हिरा भन्दा महंगो



प्रकाशित मिति : May 12, 2019

काठमाडौं । हिरा र प्लाटिनमजस्ता वस्तुलाई बहुमुल्य पदार्थको रुपमा लिइन्छ । तर ती भन्दा पनि धेरै मुल्यवान वस्तु संसारमा छ । त्यो हो एन्टी म्याटर, जसको मुल्य प्रति ग्राम खर्बौं रुपैँया पर्छ ।

संसारमा हीरा र प्लाटिनम भन्दा पनि महङ्गो र ज्यादै दुर्लभ वस्तु हो— एन्टी म्याटर अर्थात् प्रतिपदार्थ । एक ग्राम प्रतिपदार्थ ५ सय खर्ब रुपियाँ भन्दा बढी पर्छ । यतिधेरै महङ्गो वस्तु अन्तरीक्षसँग सम्बन्धित काममा प्रयोग हुन्छ ।

वैज्ञानिकका अनुसार ब्रह्माण्डमा ब्ल्याकहोलद्वारा तारालाई दुई टुक्रामा टुक्र्याउँदा प्रतिपदार्थ उत्पन्न हुन्छ । फ्रान्स र स्वीजरल्यान्डको सीमा क्षेत्रमा रहेको सर्न ल्यावमा पहिलोपटक प्रतिपदार्थ उत्पादन गरिएको एन्टी म्याटर अन्तरीक्षयान तथा रकेटहरुमा प्रयोग गरिने इन्धनको उत्पादनमा प्रयोग गरिन्छ ।

यो पोजिट्रोन, एन्टी प्रोटन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ । नासाले पनि प्रतिपदार्थलाई संसारकै सबैभन्दा महङ्गो वस्तुका रुपमा पुष्टि गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com