
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली हाल भियतनामको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँले भियतनाम भ्रमणकाे क्रममा सबै बौद्ध धर्मावलम्बीले लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा प्रान्तमा बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ भन्ने नाराका साथ तीन दिने कार्यक्रमका आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भ्रमनका लागि सबै बौद्ध धर्मावलम्बीलाई जोड दिनुभएको हाे ।
कार्यक्रममा भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकले विश्वमा शान्ति स्थापना गर्न भियतनामको मुख्य प्रयास भएको बताउनुभयो । म्यानमाका राष्ट्रपति युविन मिन्तले बौद्धधर्मका शिक्षाको बारेमा चर्चा गर्नुभयो ।