गरिब विद्यार्थीका छात्रवृत्ती रकम शिक्षक र सञ्चालक समितिले लिन्छन्, जनताको पैसा जनप्रतिनिधिको खातामा ! (भिडियो)



प्रकाशित मिति : May 11, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३७७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विशेष ब्यक्तित्वहरुसँग विभिन्न विषयमा प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. विद्यार्थीका लागि आएको छात्रवृत्ती रकम शिक्षक र सञ्चालक समितिले लिन्छन् !

रौतहट । रौतहट फतुवा विजयपुर नगरपालिकाको वडा नम्वर ३ र ४ मा रहेको केही सरकारी विद्यालयहरुमा विद्यार्थीका नाममा आएको छात्रवृत्ती व्यवस्थापक समिति र शिक्षकहरुको मिलेमतोमा हिना–मिना गरेको पाइएको छ । वडा नम्वर ३ मा रहेको श्री आधारभुत विद्यालय र श्री यमुना कौशल्या स्मृति आधारभुत विद्यालयमा विद्यार्थीका लागि आएको छात्रवृत्ती विद्यार्थीले पाएका छैनन् । यी दुवै विद्यालयमा विद्यार्थीहरुको छात्रवृत्तीका लागि ४९–४९ हाजर रुपया आएको देखिन्छ । पहिले यमुना कौशल्या स्मृति आधारभुत विद्यालय ।

२. ‘बाघ हुँ’ भन्ने ट्राफिक प्रहरीमाथि छानविन सुरु, पैसा उठाउने काम भने रोकिएन्

बारा । बाराको पथलैयामा मालवाकह ट्रकसँग पैसा उठाउने ट्राफिक प्रहरीको टोली माथि छानबिन सुरु भएको छ । प्रदेश ट्राफिक कार्यालय पथलैयाका डिएसपी हेम शाहीको नेतृत्वको टोलीले छानबिन सुरु गरेको हो । अहिले भने आँफुलाई उक्त क्षेत्रको बाघ बताउने प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी निरीक्षक रिपेन्द्र सिंह प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएका छन् भने ड्युटीमा खटिएका असई तथा जवानलाई स्पष्टीकरण सोधिएको छ ।

३. सडक मर्मत गर्न गाउँपालिकालाई दिइएको पैसा जनप्रतिनिधिको खातामा !

लमजुङ । लमजुङको दोर्दी गाँउपालिकामा निमार्णाधीन ४ जलविद्युत आयोजनाले सडक मर्मतका लागि दिएको १ करोड रकममा गाँउपालिकाका अध्यक्ष लगाएतले व्यक्तिगत खातामा राखेको पाइएको छ । दोर्दी गाँउपालिकामा निर्माण भइरहेका दोर्दीखोला जलविद्युत आयोजना, माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना, सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना र दोर्दी खोला १ जलविद्युत आयोजनाले दोर्दी गाँउपालिकाको ५ किलोमिटर सडक सुधार गर्ने १ करोड अनुदान दिने सम्झौता गरेका थिए । आयोजनाहरुले अहिलेसम्म ३५ लाख रुपैयाँ दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com