अब पोखरामा डोजर चलाउन र जथाभावी फोहर फ्याक्न दश पटक सोच्नु पर्ने भो (भिडियो)



प्रकाशित मिति : May 11, 2019

१. अब पोखरामा डोजर चलाउन र जथाभावी फोहर फ्याक्न दश पटक सोच्नु पर्ने भो

पोखरामा अब न डोजर जथाभावीरुपमा चलाउन पाइने नत फोहर नै जथाभावी फ्याल्न पाइने भयो । फोहर गर्ने व्यक्तिदेखि संस्था तथा जथाभावी डोजर चलाउने हैसियतदार व्यक्तिहरु पक्राउ पर्दै कारवाहीको भागिदार बनेपछि पोखरावासीहरु अहिले फोहर फ्याल्न र डोजर चलाउन दश चोटी सोच्ने भएका छन् ।

पोखरा अब सफा, हराभरा र स्मार्ट बन्दैछ , त्यसैले अब उस्लाई फोहर गनाउन थालेको छ भने कुरुप बनाउने माध्यम लाग्न थालेको छ । केही दिन अघि पोखराको एक जिम्मेवार बोर्डिङ स्कुलले एक ट्रक फोहर रातिको समयमा फ्यालेर बेपत्ता भयो , तर फोहर भित्रको कागजको चिर्कटोबाट पत्ता लाग्यो त्यो कुन बोर्डिङ रहेछ भन्ने त्यसपछि त्यो बोर्डिङले भोग्नु परेको सजाय र जरिवानाले अहिले पोखरामा सबैको सातो उडेको छ ।

त्यस्तै आफ्नै जमिन सम्याउने नाममा अनुुमति विपरित डोजर चलाउने व्यवसायी पनि कारवाहीमा परेपछि पोखरावासी महानगरको नीतिप्रति जानकार बन्न थालेका छन् । पोखरा साँच्चै सुन्दर बन्ने प्रयासमा लागेपछि पोखरावासीले पनि धेरै विषयमा आफ्नो वानी सच्याउन थालेका छन् भने अनुशासित शैली पनि अनुशरण गर्न थालेका छन् ।

२. शहीद सबैको हुन्छ न कुनै दल विशेषको, राष्ट्र निर्माणमा योगदान दिने पनि सबैका हुन

इतिहास मेटिए त्यो मुलुकको हाल के होला ? पक्कै पनि इतिहास मेटिदा त्यस्को असर मुलुकले भोग्नै पर्छ । गर्विलो इतिहास बोकेको नेपाल त्यही गर्विलो इतिहासकै कारण विश्वमा नै अलग छवि बनाउन सफल भएको छ । तर २०६२÷६३ सालमा भएको आन्दोलन पछि नेपालको चलेको अचम्मको लहडले इतिहासमा धेरै गर्विलो पानाहरु च्यात्ने र मेट्ने घृष्टताहरु गरिए ।

यो कार्य मुलुक भित्र द्धेषमात्र बढ्ने यो देशको एकीकरण गर्नेदेखि लिएर देशका लागि मरेका सपुत र शहीदहरु पनि पार्टीको कित्तामा बाढिए । तर पोखरा महानगरपालिकाले अब यो गल्ती गर्न नदिने र भएका गल्तीलाई पनि सच्याउने भएको छ । उस्ले बनाउन लागेको शहीद पार्कको माथिल्लो भागमा मुलुक एकीकरणका नायक अर्थात सुत्रधार पृथ्बीनारायण शाहको शालिक रहनेछ भने अन्य भागमा देशका लागि शहीद बनेका बिभिन्न शहीदहरुको शालिक रहने भएको छ । सलाम छ पोखरा महानगरपालिकालाई अर्को एउटा सत्कर्मका लागि ।

३.पोखरा महानगरपालिकाको वडा नम्बर २९ पनि विकास निर्माणको रफ्तारमा तीब्र गतिमा

पोखरा महानगरपालिका हरेक वडामा अहिले विकास निर्माणको कार्य तीब्र गतिमा भइरहेको देख्न पाइन्छ । पोखरालाई स्मार्ट बनाउने महानगपालिकाको योजना अनुरुप उस्ले अहिले हरेक वडालाई पनि स्मार्ट बन्न प्रोत्साहित गरिरहेको छ ।

पोखरा महागरपालिकाको वडा नं २९ ले पनि वडा कार्यालय भवन निमार्ण, सडकको नियमित मर्मत सम्भार, वडामा भएका जोखिमयुक्त पोलहरु व्यबस्थापन गर्ने, खानेपानी पाईपलाईन विस्तार गर्ने, बिजुलीका पोल बिस्तार तथा वातावरण सुधारका मुख्य योजनाका कामहरु लिएर अगाडि बढिरहेको छ । जस्ले गर्दा वडा नम्बर २९ वासी अहिले स्थानीय सरकार बन्नुको अनुभूतिको स्वाद लिन पाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com