मृतकको अन्त्येष्टिको बेला चीनमा नाचगान गर्ने अनौठो परम्परा



प्रकाशित मिति : May 11, 2019

काठमाडौं/एजेन्सी । मृत्युपछि अधिकांश मानिस शोकमा हुने गर्दछन् । उनीहरु रुने देखि मृतकलाई सम्झिने गर्दछन् । तर, चीनमा भने अचम्मको परम्परा छ । जहाँ मृतकको अन्त्येष्टिको बेला परिवार नाचगान गर्ने गर्दछन् ।

चीनमा एउटा यस्तो ठाउँ छ जहाँ मृतकको अन्त्येष्टिको बेला उसका परिवारहरु नाचगान गर्दछन् अनि त्यसक्रममा अश्लील नाच पनि देखाइन्छ । चीनका कतिपय ग्रामीण इलाकामा अन्तिम संस्कारको बेला युवतीहरुको अश्लील नाचको आयोजना गर्ने परम्परा छ । सदियौँदेखि चलिरहेको यो परम्पराले समयसँग आधुनिक रुप पाएको छ ।

महिलाहरुले आफ्नो पतिको मृत्युसँगै नग्न नर्तकीहरु बोलाउँछन् । ती नर्तकीहरुले नग्न नाचमात्र होइन रोएको नाटक पनि देखाउँदछन् । अन्त्येष्टिका क्रममा अश्लील नाच देखाउने यो परम्पराका पछाडि एउटा अनौठो तर्क छ । अन्त्येष्टिमा अश्लील नाच देखाउनु मृतकलाई शानदार तथा अन्तिम विदाइको उपहार भएको विश्वास गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com