लुम्बिनीका लागि गर्न अझैं धेरै बाँकी छः प्रशासकीय अधिकृत ज्ञानिन राई



प्रकाशित मिति : May 11, 2019

काठमाडौं । भगवान गौतम बुद्धको २५६३ औं जन्मोत्सबलाई विशेष बनाउने तयारीमा प्रदेश सरकार जुटेको छ । साथै प्रदेश सरकारले बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने तयारी पनि गरिसकेको छ । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागिरहेको समयमा त्यसलाई सहयोग पुग्ने गरी प्रदेशमा पनि लुम्बिनी भ्रमण वर्षको तयारी सुरु गरेको हो ।

यो वर्षको बुद्धजयन्तीका लागि के–कस्तो तयारीहरु भइरहेको छ ? बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ लाई विशेष बनाउन प्रदेश सरकारले के–के गरिरहेको छ ? लगाएतका विषयमा कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईलाई आफ्नो नियमित प्रस्तुति ‘इस्यु अफ द डे’मा निम्त्याएको छ ।

२५६३ औं बुद्धजयन्ती आयोजना गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति तथा नागरिक उड्यानमन्त्रीको मुल समिति गठन गरिएको अधिकृत राईले बताउनुभएको छ । विगतका वर्षहरुमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई पनि जाडिएको थियो तर यो वर्ष भने विशुद्ध बद्धजयन्ती र लुम्बिनी दिवस २०७६ लाई मात्र टार्गेट गरिएको अधिकृत राई बताउनुहुन्छ ।

अधिकृत राईका अनुसार आगामी जेठ ४ गते प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थितिमा भब्य रुपमा कार्यक्रमको आयोजना हुँदैछ । साथै लुम्बिनीका लागि गर्न अझै धेरै बाँकी रहेको पनि अधिकृत राईको भनाइ छ ।

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com