आफन्तले चिन्ने डरले चिट्ठा विजेता एक युवकले लगाए मास्क



प्रकाशित मिति : May 10, 2019

काठमाडौं । यदि तपाईँ चिठ्ठामा लाखौं जिते के गर्नुहुन्छ ? मोजमस्ती गर्नुहुन्छ वाा साथीभाइसँग खुसीयाली बाड्नु हुन्छ ? तर जमैकाका एक युवकले करोडौंको चिट्ठा जित्दा आफन्तले चिन्ने डरले माक्स लगाएर पुरस्कार थापेका छन् ।

जमैकाका ए क्याम्पबेलले अमेरिकामा १० लाख पाउन्डको चिट्ठा जितेको ५४ दिनपछि मात्र पुरस्कार थापेका छन् । र, पुरस्कार थाप्न उनी मास्क लगाएर पुगेका छन् । आफन्तले नचिनुन् भन्नका लागि उनले मास्क लगाएका थिए ।

उनीले आफ्नो लोभी आफन्तसँग पैसा बाँड्न नचाहेका कारण मास्क लगाएर पुरस्कार लिएको बताएका थिए ।

अमेरिकामा यो मास्क ह्यालोविनको मौकामा पनि प्रयोग हुन्छ । क्यारेबियन देशमा सुरक्षाका लागि पनि मानिसहरु पहिचान लुकाएर चिट्ठामा जितेको रकम लिन जाने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com