सरकारको विदेश नीति कमजोरः परराष्ट्रविद् सिंखडा



प्रकाशित मिति : May 10, 2019

काठमाडौं । विशेष गरी लामो समयदेखि पराराष्ट्र नीति विहीनको बनेको नेपालले परराष्ट्र सम्बन्धको बारेमा नीतिनै बनाएर अगाडि बढ्न खोजिरहेको छ । असंलग्तालाई मुल मन्त्र मानेको यो मुलुकको परराष्ट्र नीतिलाई लिएर धेरै बहस पनि हुँदै आएको छ । दुई ठूला छिमेकी राष्ट्र भारत र चीनलाई साथमा राखेर बामे सर्दै गरेको नेपाल समय–समयमा आलोचनाको शिकार पनि बन्दै आएको छ । त्यसोत, चीन र भारतलाई बराबरी हैसियतमा राखेर हेर्ने गरिएता पनि अन्य मुलुकहरुसँगको सम्बन्धमा पनि यी दुवै देशको सम्बन्धले प्रभाव पार्दै आएको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पराराष्ट्र सम्बन्धलाई छिमेकी र पराम्परागत शक्ति र राष्ट्रमा मात्र कन्द्रीत नगरी साना र विकासशील राष्ट्रमा पनि विस्तार गर्ने उदेश्यका साथ दक्षिण पूर्वी एसियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा निस्कनुभएको छ ।

प्रधानमन्त्री ओली विहीबार भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भियतनामका प्रधानमन्त्री न्यूग्यन जुयान फुकको निमन्त्रणामा त्यहाँको ५ दिनको भ्रमणपछि प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको निमन्त्रणामा त्यहाँको ३ दिने भ्रमणमा सहभागी हुनुहुनेछन् ।

यसरी दुवै मुलुकको साताव्यापी भ्रमण पूरा गरी प्रधानमन्त्री ओलीको आगामी जेठ १ गते बुधबार स्वदेश फर्कनुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको यस भ्रमणको प्रभाव कस्तो रहला ? भन्ने विषयमा न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘इस्यु अफ द डे’मा परराष्ट्रविद् प्रा.डा. शम्भुराम सिंखडालाई स्टुडियोमा निम्त्याएको छ ।

कुराकानी गर्ने क्रममा परराष्ट्रविद् सिंखडाले भन्नुभयो, ‘धेरै पहिले नै भियतनाम र कम्बोडियासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको हो, तर हाम्रो तर्फबाट उच्च स्तरिय भ्रमण अहिलेसम्म भएको छैन ।’

कुटनीतिमा समय र स्थान महत्वपूर्ण हुने उहाँको भनाइ छ, उहाँले भन्नुभयो, ‘कुनै एक विषयलाई विश्लेशन गर्दाखेरी कुन समयमा त्यसबारे चर्चा गर्दै हुनुहुन्छ र कस्तो स्थानमा केन्द्रीत भएर गर्दै हुनुहुन्छ ? अहिले नेपाल जुन किसिमको भू–राष्ट्रमा छ ? र, जुन समय क्रममा हामी छौं, त्यस हिसाबले गर्दा पनि एउटा दर्शनको पक्षमा तथा विपक्षमा भएको विश्लेशन–निष्कर्ष निस्कियो भने त्यो भ्रमणको लागि उपर्युक्त हुँदैन ।’

साथै उहाँले कुराकानी गर्ने क्रममा सरकारको विदेश नीति कमजोर भएको पनि बताउनुभएको छ ।
बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com