चिया मजदूरहरुको बर्षौदेखिको वेदना सुनिदिने कस्ले ? (भिडियो)



प्रकाशित मिति : May 10, 2019

१.तेह्रथुमका युवा पुस्ता क्यारामबोर्ड खेल्न छोडेर अध्ययनप्रति आकर्षण बढाउदै

अध्ययन नै हो आफुलाई अब्बल बनाउने माध्यम । अहिले युवा पुस्तामा बढ्दै गएको अध्ययनतर्फको आकर्षण सकारात्मक देखिएको छ । त्यसमाथि पनि बिभिन्न प्रविधि भित्र्याएर निशुल्क अध्ययनको व्यवस्था मिलाइएपछि अध्ययनप्रतिको आकर्षण पनि युवाहरुमा ह्वात्तै बढेको छ ।

क्यारामबोर्ड, लुडो, बुद्धिचाल खेलेर बस्ने युवा पुस्ताको ध्यान अहिले पुस्तकतर्फ तानिएपछि अभिभावकहरु समेत दङ्ग छन् भने बिभिन्न पाठ्यपुस्तकहरुको माग पनि पुस्तकालयहरुमा बढ्दो छ । यसै सन्दर्भमा तेह«थुमको म्याङलुङ बजारमा स्थापित तीनजुरे सामुदायिक सिकाई केन्द्र अहिले युवा पुस्ताको आस्थाको केन्द्र बन्न पुगेको छ ।

२. चिया मजदूरहरुको बर्षौदेखिको वेदना सुनिदिन कस्ले ?

पूर्वका चिया मजदुर आन्दोलनमा उत्रिएको एक महिना बढी भइसक्यो । श्रम कानून सम्मत ज्याला पाउनु पर्ने उनीहरुको माग न सरकारले सुनेको छ, न चिया बगान तथा उद्योगीले नै । छाक टार्ने समस्या भएका मजदुर वैशाखको टन्टलापुर घाममा तरतरी पसिना चुहाउँदै सडक तताइरहेका छन् ।

उनीहरुको यो आन्दोलनले चियाको पहिलो मुना अर्थात फस्ट फ्लस टिप्ने काम प्रभावित बन्दा चिया उद्योगहरुले करोडौ रकम गुमाएका छन् । सस्तो पनि अति सस्तोमा काम गरिरहेका चिया मजदुरहरुको अवस्था बास्तवमा नै टीठलाग्दो छ नै । उनीहरुको अवस्थामा सुधार ल्याए समग्र चिया उत्पादनमा नै सुधार आउनेतर्फ भने कसैको ध्यान गएको पाइएन ।

३. भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको रेलवे मार्ग निर्माणमा बिलम्ब हुने संकेत

भारतको बिहार बथनाहादेखि मोरङको कटहरीसम्मको रेलवे मार्ग जग्गा अधिग्रहण सम्बन्धी विवादका कारण अझै पूरा हुन सकेको छैन । दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी करिब १८ किलोमिटर लामो रेल–वे मार्गको योजना आर्थिक वर्ष २०६७÷६८ मा शुरु गरिएको थियो । तर कटहरीमा स्थापना गरिने स्टेशनको लागि जग्गाधनीहरु मुआब्जा लिन नगएपछि नेपाल सरकारले सम्झौता अनुरुपको जग्गा उपलब्ध गराउन सकेको छैन ।

जग्गाधनीहरु सरकारले दिने भनेको क्षतिपूर्ति रकम कम भएको गुनासोसहित सरकारसंग विवाद गर्दै आएका छन् । विरोध र अवरोधले विकास निर्माणको काम अवरुद्ध बन्ने चलन नेपालमा नौलो होइन तर रेलका लागि भने सरकारले देखाएको तदारुकतामा थप प्रयास आवश्यक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com