कर्म गरे यही मुलुकको माटोमा फल्छ सुन (भिडियो)



प्रकाशित मिति : May 09, 2019

१. सुन्दर मुस्ताङको पीडादायी पाटोः ६ महिना खोलापारि, ६ महिना खोलावारि

मुस्ताङको नाम सुन्दा पनि धेरैको मुहारमा मुस्कानको सञ्चार हुन्छ नै । हुन पनि हिमाल पारिको यो जिल्ला धेरै गुणहरुले सजिएको छ , भरिएको छ । तर यस भित्रका दुःख दर्दको कुरा गर्नु पर्दा मुस्ताङीहरुले भोग्दै आएको पीडा अन्य नेपाली सायदै भोगेको होलान । भौतिक सुखसयलसंग भर्खरै जोडिदै गरेको मुस्ताङमा विकासका धेरै पूर्वाधारहरु भने पुग्न बाँकी नै छ ।

सडक सुविधा पुगे पछि मुस्ताङको सुन्दरतासंग धेरै नेपालीले पनि मन साटेका छन् । तर यही सुन्दर भू्मि भएर बग्ने कालीगण्डकी नदीको कहरले हरेक बर्ष कष्ट थप्दै आएको छ । पुल त के तुइन पनि नहुँदा मुस्ताङको थासाङ गाउँपालिकाका दुई वटा वडाका वासिन्दाहरु ६ महिना खोलावारि , ६ महिना खोलापारि गर्न विवश बन्दै आएका छन् । पुल निर्माणको लागि स्थानीयवासीले दर्जनौ ठाउँ गुहारे तर कहिं कतैबाट सुनुवाई नभएपछि उनीहरु कालीगण्डकीसंग दम्भ गर्नु भन्दा चुपचाप आत्मसमर्पण गर्न विवश छन् ।

२. कर्म गरे यही माटोमा फल्छ सुन भन्ने उदाहरण बने पौड्याल

गरे यही देशको माटो मलिलो छ र गर्नेहरुलाई यही पनि अवसरको खानी पनि छ । कमाउन र परिवार पाल्न विदेशिनु पर्छ भन्ने मान्यताले जरो गाडेको यो देशमा केही यस्ता पौरखी हातहरु पनि छन जो गाउँघरका लागि मात्र नभई देशका लागि नै उदाहरण बनेर बसेका छन् ।

यस्तै मध्येका हुन स्याङ्जा वालिङका मेघनाथ पौड्याल । जस्ले सुरु गरेको बाख्रा फर्म अहिले प्रदेशको कृषि मन्त्रालयको मोडेल फर्मकोरुपमा छनोट भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com