“महारानी” पक्राउ , गलत ग्रुपको रगत दिएपछि गंगालालमा बालिकाको मृत्यु , ट्राफिक घुस काण्ड (भिडियो)



प्रकाशित मिति : May 08, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३७५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसाडमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथमा आजको एपिसोडमा पनि विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. गंगालालमा गलत समूहको रगत चढाइएकी बालिकाको मृत्यु !
काठमाडौं । बाँसबारी स्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रियाका क्रममा गलत समूहको रगत चढाउँदा सर्लाहीकी ५ बर्षीया आकृती साहको ज्यान गएको छ । अस्पतालका डा. रविन्द्रभक्त तिम्लाले बालिकालाई शल्यक्रियाको क्रममा गलत रगत दिएको स्विकार गरेका छन् । मुटुको भल्भमा समस्या देखिएपछि १३ गते अस्पतालमा भर्ना गरिएको साहको १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया गर्नु पूर्व अस्पतालले नै टेष्ट गरेका सबै रिपोर्टमा उनका रगत समूह ‘ओ’ पोजेटिभ रहेको छ ।

२. कसले रोक्ने राजमार्गमा ट्राफिक प्रहरीको लुट ?
बारा । पूर्व पश्चिम राजमार्गमा रहेका धेरै ट्राफिक चेक पोष्टहरुले अनावश्यक पैसा असुल्ने गर्दछन् । यो पूर्व पश्चिम राजमार्गमा रहेको ट्राफिक पोष्ट हो, स्थान हो बाराको कलैया । यस पोष्टमा सँधै अबैद्ध पैसा असुली हुने गरेको गुनासो आएपछि आइतबार साँझ टिभी जर्नलिष्ट शालिग्राम पुडासैनी त्यहाँ पुगे । यो राजमार्गमा गुड्ने ट्रकहरु कोही पनि पैसा नदिई यो बाटो हिड्न पाउदैनन् । हाइवेमा बसेको ट्राफिक प्रहरी खुलेआम पैसा असुलिरहन्छ । हाम्रो एकै छिनको बसाईमा त्यहाँ दर्जन बढी गाडीहरुसँग पैसा उठाइन्छन् । यो सानो चेक पोष्टमा बसेका ट्राफिक प्रहरीका असई प्रत्येक गाडीसँग पैसा उठाउँछन् । र बाहिर बसेका यी ट्राफिक प्रहरी कसैले देख्छ कि भनि उनलाई सुरक्षा दिइरहन्छन् ।

३. महारानीको आरडी ग्रुपका सञ्चालक सुन्दर रिजाल पक्राउ
काठमाडौं । दर्जनांै बेरोजगार युवाहरुलाई रोजगारी दिने नाममा ठगी गर्ने रानी डाइना बिजिनेश ग्रुपका अध्यक्ष सुन्दर रिजाल र संस्थापक अध्यक्ष महारानी राज्यलक्ष्मी राणालाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा संलग्न अन्य व्यक्तिहरुको भने खोजी भइरहेको प्रहरीले जनाएको छ । गएको कार्यक्रममा सुन्दर रिजाल लाइभ कार्यक्रममा आएका थिए । हामीले महाराजगन्ज प्रहरीले तपाईलाई खोजिरहेको भन्दै प्रहरीकोमा जान भनेका थियौ । गएको कार्यक्रममा हामीले बालुवाटारमा कार्यालय रहेको रानी डाइना विजिनेश ग्रुपले रोजगारीका नाममा श्रम शोषण गर्दै दर्जनौ युवाहरुलाई ठगेको देखाएका थियौं ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com