आठ सय ३३ बिघा जमिनमा बारामा निर्माणाधीन सेजप्रति उद्योगीहरु आकर्षित (भिडियो)



प्रकाशित मिति : May 07, 2019

१. आठ सय ३३ बिघा जमिनमा बारामा निर्माणाधीन सेजप्रति उद्योगीहरु आकर्षित

मुलुकमा विशेष आर्थिक क्षेत्र सेजको निर्माण धमाधम हुदैछ । लामो समयदेखि आफुलाई औद्यागिक जिल्लाकोरुपमा चिनाउँदै आएको बाराको सिमरामा पनि सेज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आठ सय ३३ बिघा जमिनमा बिभिन्न पाँच ब्लक बनाएर निर्माण भइरहेको सेजमा उद्योगलाई दिइने पूर्वाधारका अधिकांश सेवाहरु सम्पन्न गरेपछि उद्योगका लागि टेण्डर आव्हान गरिने भएको छ ।

यो सेजबाट उत्पादित वस्तुहरु ६० प्रतिशत विदेश निर्यात गर्नु पर्ने प्रावधान राखिएको छ । विदेशी लगानीकर्ताका लागि समेत लक्षित गरेर निर्माण गरिएको सेजमा नेपाली लगानीकर्ताहरु पनि उत्साहित देखिएका छन् । अझ नेपाली लगानीकर्ताहरुले सेजको बाँकी रहेको जमिन पनि उद्योग विस्तारका लागि प्रयोग गर्नु पर्ने भन्दै राखेको मागप्रति सरकार सहज बनिदिए उत्साहको थप वातावरण बन्ने निश्चत छ । आत्मनिर्भरता तर्फ मुलुकलाई उन्मुख गराउने सरकारको प्रयासमा सिमराको सेज बलियो आधार बन्ने विश्वास गरिन थालिएको छ ।

२. चितवनको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे सांस्कृतिक परम्पराको पनि संरक्षणमा

संस्कृतिको संरक्षणमा अहिले मुलुकका हरेक जातजातिहरु जुट्न थालेका छन् । चार वर्ण ३६ जातको यो साझा फुलवारीमा सबै समुदाय तथा सम्प्रदायको आआफ्नै विशिष्ठ र मौलिक परम्परा एवं संस्कृतिहरु रहेका छन् । त्यसमाथि आफ्नो संस्कृतिको जगेर्ना गर्दै यसलाई आन्तरिक र बाह्य पर्यटक लोभ्याउने माध्यम बनाउँदा धेरैको जीवनस्तरमा लोभलाग्दो सुधार पनि हुँदै आएको छ ।

चितवनको माडी र नगरपालिकामा पुन र मगर जातिले सञ्चालनमा ल्याएको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे यसैको कडी बनेको छ । यहाँ पुन र मगर समुदायको परम्परागत नाँचहरु देखाउनुका साथै आफ्नो परम्परागत खानाले पर्यटकहरुको सत्कार गर्ने गरिन्छ । दैनिक संयौ आन्तरिक तथा वाह्य पर्यटक पुग्ने माडीमा अझ कतिपय समय स्थान अभावले पर्यटकको स्वागत गर्न नसक्ने अवस्था पनि आउने गरेको छ । अझ धेरै सुविधा र स्थानहरु थपिदै गर्दा अयोध्यापुरी होमस्टेले नयाँ अध्याय नै थप्ने आश गर्न सकिन्छ ।

३.काठमाडौंसंग जोडिएर पनि विकटता सराप भोगेको काभ्रे भुम्लुमा पनि पुग्यो स्वास्थ्यको पहुँच

आम नेपाली अझै पनि स्वास्थ्यको पहुँचमा पुग्न सकेको छैनन् । हुनत सरकारले प्रत्येक स्थानीय तहमा एक अस्पताल खोल्ने लक्ष्य लिएको भएपनि विकट गाउँहरुमा अझै पनि स्वास्थ्यका धेरै सुविधाहरु पुग्न सकेको छैन । काठमाडौंसंग जोडिएर पनि धेरै विकटता भोगको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका यसैको उदाहरण बनेर रहयो लामो समयसम्म ।

तर अब यस गाउँमा पनि अब स्वास्थ्यको धेरै सुविधाहरु पुगेका छन् । गाउँको स्वास्थ्यमा संस्थामा वर्थिङ सेन्टरको व्यवस्था मात्र नभइ स्वास्थ्य उपकरणहरुसंगै एम्बुलेन्स समेत पुगेपछि भुम्लु गाउँवासीको मुहारमा यतिखेर हाँसोको वास बसेको देख्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com