द्वन्द्व र राजतन्त्र सदाका लागि बिदा गर्यौं, मनमोहनले थालेका बाँकी काम अब पूरा गर्छाैं : प्रधानमन्त्री ओली



प्रकाशित मिति : Apr 26, 2019

ललितपुर । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस राजधानीको सानेपा एक कार्यक्रमका साथ मनाइँएको छ । तत्कालीन नेकपा (एमाले) का अध्यक्षसमेत रहेका मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा बाेल्दै प्रधानमन्त्री केपीशर्मा ओलीले देशमा विकासको नयाँ मोडल सुरु भएको बताएका छन् ।

स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले नै सुरु गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रम अनुसार उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्ने बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुई किसिमको चलखेल भएको बताए । “उहाँका पालमा दुई चलखेल भएकै हुन्, तर हामीले उहाँको उतराधिकारीको रुपमा काम गर्याैँ, १२ बुँदे सम्झौता गर्दै द्वन्द्व समाधान गर्यौँ र राजतन्त्र सदाका लागि बिदा गर्यौ ।” प्रधानमन्त्री ओलीले भने ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com