ट्विटरमा ट्रम्पका २ लाख फ्लोअर घटे, ‘सीइओ डोर्से’लाई बोलाएर ह्वाइट हाउस बैठक



प्रकाशित मिति : Apr 26, 2019
Donald Trump on Twitter

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटरमा २ लाख फ्लोअर घटेका छन् । उनले दुई दिन अगाडि ट्विटरका सीईओ जेक डोर्से र ट्विटरका अन्य केही अधिकारीहरुसँग ह्वाइट हाउसमा भेट गरेको फोटो ट्विट गरेका थिए । उनले ट्विटरमा फ्लोअरबारे कुनै कुरा नगरे पनि उनले फ्लोअर घटेको प्रति आपत्ति जनाएको बुझाइछ ।

ट्विटरका प्रमुख कार्यकारी अधिकृत डोर्सेले भने ट्विटरका कतिपय फेक एवं फाल्तु अकाउन्टहरुलाई हटाइएको र त्यसै कारण पनि फ्लोअर कम भएको हुन सक्ने कुरा गरेको जनाइएको छ ।

Image result for jack dorsey
jack dorsey

ट्रम्पले ट्विटरलाई डेमोक्रिएटतर्फ झुकाव राखेको आरोप भने बेला बेला लगाउने गरेका छन् । गत वर्षको अक्टोबरमा समेत ट्रम्पले ट्विटरलाई जानबुझमै आफ्ना फ्लोअर कम गरिरहेको आरोप लगाएका थिए । ट्रम्पले सामाजिक सञ्जालहरुलाई पोलीटिकल गेम खेल्न खोजिरहेको आरोप समेत लगाएका छन् ।

जेक डोर्सेले ट्विटर पब्लिकको सेवाको लागि सधैँ तयार रहेको भन्दै ट्रम्पको ट्विटलाई रिप्लाई गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com