धर्मभक्त राष्ट्रिय पत्याराेपण केन्द्रमा डाक्टर तथा नर्सका लागि खुल्याे जागीर



प्रकाशित मिति : Apr 26, 2019

काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय पत्याराेपण केन्द्रमा स्वास्थ्यकर्मीका लागि जागीरकाे अवसर खुलेकाे छ ।

केन्द्रले ठूलो संख्यामा डाक्टर तथा नर्स र ल्याब टेक्निसियन पदका लागि दरखास्त आह्वान गरेको छ । कन्सल्टेन्ट नवौँ तहका लागि १ जना, मेडिकल अफिसरका लागि १० जना तथा नर्स ९६ जनाकाे माग गरिएकाे छ ।

रिक्त पदमा खुला तथा समावेशी प्रक्रियाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले मानव अंग प्रत्यारोपण विकास समिति कार्मचारी प्रशासन नियमावली २०६८ अनुसार दरखास्त माग गरिएकाे हाे । योग्याता पुगेका इच्छुक नेपाली नागरिकले जेठ ३ गते सम्ममा दरखास्त दिन सक्नेछन् । दाेब्बर दस्तुर तिरी जेठ १० गतेसम्म आवेदन दिन सकिनेछ ।

हेर्नुहाेस् विज्ञापन-




प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com