भूकम्पको ४० महिनामा निजी आवास निर्माणको प्रगति ५० प्रतिशत मात्रै



प्रकाशित मिति : Apr 25, 2019

काठमाडौं । भूकम्पको ४० महिनामा निजी आवास निर्माणको प्रगति ५० प्रतिशत मात्रै छ । पुनःनिर्माणका लागि विनियोजन भएको बजेट नै खर्च नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकले पुष्टि गरेको छ ।

भूकम्पपछिको पूनःनिर्माण अबको एक बर्षमा सम्पन्न गर्ने सरकारी योजना छ । गोरखा भूकम्प गएको ४ बर्ष बितिसक्दा पनि निजी आवास र सम्पदा निर्माणको काम सुस्त गतिमा छ । ४ बर्षको अवधिमा प्राधिकरणमा ६ पटक प्रमुख कार्यकारी अधिकृत र सचिव फेरिदा काममा प्रभाव परेको अधिकारीहरुकै भनाइ छ ।
अहिलेसम्म कुन क्षेत्रको पुनःनिर्माण कति ?

सरकारले प्राथमिकतामा राखेको निजी आवास निर्माणको प्रगति ५० प्रतिशत मात्रै छ । यही गतिमा पुनःनिर्माण अघि बढ्ने हो भने अर्को ४० महिनामा पनि पुनःनिर्माणको काम सक्न मुस्किल पर्ने इन्जिनियरहरुकै भनाइ छ ।

चार वर्षमा ८ हजार ३ सय २६ परिवारले मात्रै घर निर्माण सम्पन्न गरेका छन् । यता, प्राधिकरण भने पुनःनिर्माण सम्पन्न गर्न थप ४ खर्ब २९ करोड रकम आवश्यक पर्ने दावी गर्छ ।

भूकम्पपछिको पुनःनिर्माणका लागि बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारबाट ४ सय १० अर्ब अमेरिकी डलरको प्रतिबद्धता प्राप्त भएको थियो । तर अहिलेसम्म २ सय ६२ अर्ब डलर अमेरिकी डलरबराबर सहायता परिचालन सम्झौता भएको छ । प्राधिकरणसँग अब २० महिनाको समयसिमा बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com