सिकिस्त बिरामीलाई तत्काल अस्पताल पु-याउने अधिकांश एम्बुलेन्स आफै बिरामी



प्रकाशित मिति : Apr 25, 2019

काठमाडौं । सिकिस्त बिरामीलाई तत्काल अस्पताल पु¥याउने अधिकांश एम्बुलेन्स आफै बिरामी छन् । मानवीय सेवाका लागि भन्दै राजस्व छुटमा खरिद गरिएका कतिपय एम्बुलेन्स बर्षौ पुराना छन् । एम्बुलेन्सका नाममा ‘साइरन’ बजाउँदै गुड्ने अधिकाशं गाडीमा न्यूनतम पूर्वाधारसमेत छैन ।

यिनी कैलालीको पहलमानपुर प्राथमिक स्वास्थ्य केन्द्रका एम्बुलेन्सका चालक राजिब चौधरी । सिकिस्त बिरामी लिएर हिड्दा बाटोमै एम्बुलेन्स बिग्रिएका कयौं घटना छन् यिनीसँग । एम्बुलेन्स पुराना र मापदण्ड बिपरित हुँदा समयमा अस्पताल पु¥याउन नसक्दा कतिपयको बाटोमै ज्यानसमेत जान्छ ।

एम्बुलेन्ससम्बन्धि निर्देशिका २०७३ ले ‘क’, ‘ख’ र ‘ग’ मा बर्गीकरण गरेर त्यसअनुसार हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर, सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्स मापदण्डअनुसारका छैनन् । सर्वसाधारण सहरी क्षेत्रमै पनि भन्ने वित्तिकै एम्बुलेन्स नपाइने र पाए पनि तिनमा सामान्य पूर्वाधार पनि नहुने बताउँछन् ।

एम्बुलेन्सको मापदण्डः

  • – ‘क’ वर्गका एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग हुने औषधी, उपकरण र स्वास्थ्यकर्मी
  • – चालकमा स्वास्थ्यसम्बन्धि आधारभूत तालिम
  • – राष्ट्रिय प्रदुषण मापदण्ड अनिवार्य रूपमा पालना गरेको
  • – एम्बुलेन्सको पहिचान हुने गरी आवाज (साइरन), निलो रंगको संकेत बत्ती
  • – फोर ह्वील ड्राइभ, सस्पेन्सनको चेन सिस्टम
  • – संस्थाको टेलिफोन नम्बर अंग्रेजी र नेपाली भाषामा

एम्बुलेन्स अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भए सिकिस्त बिरामीको बाटोमै हुने मृत्युदर कम गर्न सकिने विज्ञको भनाइ छ । तर, अपवाद बाहेकका एम्बुलेन्स मापदण्डअनुसारका छैनन् ।

पछिल्लो समय सामान्य गाडीलाई एम्बुलेन्स भन्दै सञ्चालन गर्ने प्रबृत्ति मौलाएको छ । तर, तिनले मापदण्ड पूरा गरेका छन÷छैनन् भन्नेमा न सञ्चालक सचेत छन् । न सरकारी निकायले नै नियमन गर्ने गरेको छ । अधिकांश एम्बुलेन्स मापदण्ड बिपरित रहेको स्वीकार्ने सरकार तिनलाई सुबिधा सम्पन्न र ब्यबस्थित बनाउने दावी त गर्छ । तर, त्यसअनुसार कडाई भने गर्दैन् ।

एम्बुलेन्सले मापदण्ड मात्रै पूरा गरिदिए पनि आकस्मिक उपचार आवश्यक पर्नेमध्ये ४० प्रतिशतले अकालमा ज्यान नगुमाउने चिकित्सक बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com