सार्वजनिक स्थानमा जथाभावि फोहर गर्नेलाई कानूनी दायरामा ल्याइने



प्रकाशित मिति : Apr 25, 2019
  • घनश्याम मिश्र,

धनुषा । सार्वजनिक स्थानमा जथाभावि फोहर गर्नेलाई अव कानूनी दायरामा ल्याइने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कनेलले फोहोर गर्नेलाई सरसफाई ऐन अनुसार कारवाही गरिने बताउनुभयो ।

सरसफाई ऐनमा फोहोर गरे स्थानीय तहले एक लाख रुपैयाँ जरिवाना वा तीन महिनासम्म कैदको व्यवस्था गरेको छ । यसैबीच जनकपुरमा सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत जिरोमाइल, नयाँ बसपार्क र वडा नम्बर २३ को केहि स्थानमा वृहत सरसफाई जागर अभियान चलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com