प्रदेश-२ मा समानान्तर सुरक्षा अधिकारी खटाउने काम कानुन विपरीत हो : गृहमन्त्री थापा



प्रकाशित मिति : Apr 25, 2019
  • तारा अचार्य

विराटनगर । गृह मन्त्री राम बहादुर थापा बादलले प्रदश २ मा प्रमुख जिल्ला अधिकारीको समानान्तर सुरक्षा अधिकारी खटाउने कार्य कानुन विपरित भएको बताउदै यसलाई सकारात्मक रुममा हल गर्ने जानकारी दिनुभएको छ ।

विराटनगरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठी कार्यक्रम अघि पत्रकारहरु संग कुरा गर्दै गृह मन्त्री बादलले संविधान र कानुनमा नै नभएको व्यवस्था लागू गर्न नमिल्ने बताउनु भयो ।
गृह मन्त्री बादलले असन्तुष्ट पक्षलाई संवैधानिक मुलधारमा ल्याउने प्रयास भईरहेको जानकारी दिनुभयो । उहाँले विप्लव समूहको हत्या हिंसा र विध्वंसक कार्यलाई नियन्त्रण गर्न सरकारले विशेष प्रयास गरिरहेको र उनीहरुलाई मूलधारमा ल्याउने प्रयास भईरहेको बताउनु भयो । मन्त्री बादलले विखण्डनवादी शक्तिहरु संविधानको मूलधारमा आईसकेको अवस्थामा उनीहरु पनि संवैधानिक प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले एमाले र माओवादी केन्द्र बीच भएको एकता बीच रहेको अस्तव्यस्तता बैशाख ९ गतेको विधिसम्मत निर्णय पछि समाप्त भएको बताउनु भयो । पार्टी एकताबारे रहेको केही विवादहरु विशेष निर्णय गरेर समाधान गरिने जानकारी दिनुभयो ।

एक नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसंधान विभागका प्रमुखहरुका साथै उच्च सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com