मानव अंग प्रत्यारोपण केन्द्रमा ताला लगाएपछि विरामीहरु मारमा



प्रकाशित मिति : Apr 24, 2019

काठमाडौं । नर्सहरुले मानव प्रत्यारोपण केन्द्रमा ताला लगाएपछि अस्पतालको सेवा ठप्प भएको छ । सेवा ठप्प भएपछि विरामीहरु मारमा परेका छन् ।

आन्दोलनरत नर्सहरुले उनीहरुको सेवासुविधाबारे ८ बुँदे माग राख्दै मानव अंग प्रत्यारोपण केन्द्रमा ताला लगाएको हो । उनीहरुले इमर्जेन्सी र आईसीयू मात्र सञ्चालन गर्न दिएको छ भने अरु सबै सेवा ठप्प पारेको छ ।

कालोपट्टी बाँधेर काम गर्दै आएका नर्सहरुको मागलाई बेवस्त गरपछि ताला लगाउनु परेको बताइएको छ । नर्सहरुको माग पुरा नगरेसम्म उनीहरु आन्दोलन गरिरहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com