दोलखामा रातो मछिन्द्रनाथको रथयात्रा, यस्तो छ धार्मिक विश्वास (फोटोफिचर)



प्रकाशित मिति : Apr 24, 2019

दोलखा । वर्षा र सहकालका देउता मानिने रातो मछिन्द्रनाथको रथयात्रा दोलखामा सुरु भएको छ । रातो मछिन्द्रनाथलाई स्थानीय नेवार समुदायले साक्षात भगवानको रुपमा समेत पूजा गर्ने गर्छन् । यो जात्रामा करुणा, लोककल्याणकारी र सहकालको देवता मछिन्द्रनाथको स्थानीय महिलाहरु दिनभर निराहार बसी पूजा गर्ने गर्दछन् ।

चैत पूर्णिमाको दिन रातो मछिन्द्रनाथलाई गुरुजुंले पानी र दुधले महास्नान गरी पूजा गरेर भोलिपल्ट डोकलुंगाटोलबाट बाजागाजा सहित पिङगलमा निर्माण गरिएको रथमा विधिपुर्वक विराजमान गराई द्धितीयादेखि रथ तान्न सुरु गर्ने परम्परा छ । पिङगलटोलबाट सुरु भएको रथजात्रा विभिन्न टोलको परिक्रमा गरि पुनः पिङगलटोलमा पु¥याइ त्यसको भोलिपल्ट रथबाट रातो मछिन्द्रनाथलाई निकाली विधिपूर्व पूजा गरेर दोलखाको मुलबाटो हुदै मन्दिरमा पु¥याई जात्रा सम्पन्न गर्ने गरिन्छ ।

टसिचाटोलबाट बुद्धस्तुपासम्मको रथयात्रा ६० डिग्री उकालोमा तान्नुपर्ने भएकोले कठिन तथा रमाइलो हुने गर्दछ । यो दिन रथयात्रा मध्यकै रमणिय हुने भएकोले उपत्यका लगायत विभिन्न स्थानबाट दशनार्थीहरुको भिड लाग्ने गर्दछ । त्यस्तै भोलिपल्ट त्यही आरालो बाटो हुँदै रथलाई दुंगलटोल पु¥याइन्छ ।

मछिन्द्रनाथको दोलखामा रथ यात्रा सुरु भएपछि पानी पर्ने धार्मिक विश्वास छ । नेपाल सम्वत् ६३९ वैशाखदेखि रातो मछिन्द्रनाथको रथ यात्रा सुरु भएको अनुमान गरिएको छ । तत्कालीन समयमा ललितपुरका पाटनका महागुरुदेव बज्राचार्यले बुंगमति स्थित रातो मछिन्द्रनाथको मूर्तिलाई दोलखाको ढोक लुंगा टोलमा ल्याई शास्त्रीय विधिपूर्वक मूर्ति स्थापना गरी रथमा राखी दोलखा बजार परिक्रमा गराएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com