११ बैशाख २०७६, बुधबार

काठमाडौं । उद्योगी व्यवसायीहरुले आगामी वर्ष ब्याजदर र दोहोरो कर नीतिका विषयमा विषेश व्यवस्था सहित बजेट आउनुपर्ने बताएका छन् । ब्याजदर उच्च हुँदा उत्पादन प्रभावित भएको उल्लेख गर्दै व्यवसायीहरुले बजेट मार्फत नीतिगत सुधार गर्नुपर्ने बताएका हुन् ।

उद्योगी व्यवसायीहरुले सरकारले बजेट मार्फत अफुहरुले भोग्दै आएका समस्याको समाधान दिनुपर्ने माग गरेका छन् । बुधबार काठमाडौंमा नेपाल राष्ट्र बैंकले गरेको आगामी आर्थिक वर्षको पूर्ब बजेटकालीन छलफलमा ब्याजदर, दोहोरो कर नीति, अयात निर्यातमा झण्झटिलो बैंकिङ व्यवस्था लायतका विषयले उत्पादन प्रभावित भएको बताउँदै बजेट मार्फत समाधान गर्नुपर्नेमा जोड दिए । उनीहरुले आर्थिक गतिविधि बढाउने खालको बजेट ल्याउनुपर्ने र बैज्ञानीक एवं प्रतिस्प्रधि कर प्रणाली अपनाउन समेत सुझाव दिएका छन् ।

उद्योगीहरुले मुद्रा बजारमा देखिएको लामो समय सम्मको समस्याको चापमा आफुहरु परेको बताए । त्यसलाई समाधान गर्न बजेट अथवा मौद्रिक नीति मार्फत सम्बोधन गर्नुपर्ने बताए । उद्योगीले सरकारका कतिपय नीतिका कारण आफुहरु अप्ठेरोमा परेको बताउँदै उद्योगीहरुलाई बैंकहरुले पनि दुख दिने गरेको उल्लेख गरे ।

बैंकर्सहरुले पनि आफुहरु करका कारण मारमा परेको बताएका छन् । यसले बैंकको नाफामा असर पारेको र यसले गर्दा उद्योग व्यवसायमा पनि असर पारेको बताए । त्यसैले बजेट मार्फत करका विषयहरु स्पस्ट पार्नुपर्ने बताए ।

सरकारले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्थाले पनि उद्योग व्यवसायहरु प्रभावित भएको उद्योगीहरुको तर्क छ । चालु खर्च कम हुँदा बैंकिङ प्रणालीमा समस्या आएको र त्यसको सिधा असर ब्याजदर तथा कर्जा प्रवाहमा परेकोले उत्पादन प्रभावित भएको तर्क उद्योगीहरुको थियो ।

LIVE TV