गौरिकाले १२ स्वर्ण जित्दै ५ औं राष्ट्रिय खेलकुदमा करिष्माले बनाएको किर्तिमान बराबर गरिन्



प्रकाशित मिति : Apr 24, 2019
  • हरिशजङ्ग क्षेत्री

बाँके । गौरिका सिहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा सहभागिता जनाएको सबै विधामा स्वर्ण पदक जित्दै आठौंमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन् । प्रदेश ५ मा भइरहेको आठौँ अन्तर्गत अन्तिम दिन गौरिकाले ४ स्वर्ण थप्दै कूल १२ स्वर्ण पदक जितेकी हुन् ।

गौरिकाले १२ स्वर्ण पदक जितेसंगै ५औं राष्ट्रिय खेलकुद सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी कार्कीको रेकर्ड आठौंमा आएर गौरिकाले बराबर गरेकी हुन । उनी यस संस्करणमा सर्वाधिक गोल्ड जित्ने खेलाडी समेत बनिन्। नेपालगन्स स्थित सिग्नेट होटलको स्विमिङ पुलमा सञ्चालन भएको २२औँ राष्ट्रिय पौडीमा गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन्। यस्तै तेस्रो दिनले उनले एक टिम इभेन्टसहित ४ स्वर्ण जितिन्।

अन्तिम दिन पनि उनले एक टिभ इभेन्टसहित ४ स्पर्धामा स्वर्ण जितेकी हुन् । राष्ट्रिय खेलकुदको एकै संस्करणमा सहभागिता जनाएको सबै इभेन्टमा स्वर्ण जित्दै गौरिकाले गोल्डेन छवि कायम गरिन्। बेलायतमा आफ्नो बुबा–आमासँग बस्दै आएकी गौरिकाले विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिधित्व गर्दै आठौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाएकी हुन् ।

गौरिकाले अन्तिम दिन २०० मिटर इन्डिभिजुएल मिड्ने, ५० मिटर फ्रिस्टायल, १०० मिटर ब्याकस्ट्रोक र चार गुणा १०० मिटर फ्रिस्टायल रिलेमा स्वर्ण थपेकी हुन्। उनले बुधवार प्रतिस्पर्धा गरेको तीनवटै व्यक्तिगत स्पर्धामा सुधार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन ।

गौरिकाले स्वर्ण जितेको इभेन्ट र टाइमिङ

१. ८०० मिटर फ्रिस्टायलः ९ मिनेट ३९ दशमलव २२ सेकेण्ड

२. ५० मिटर ब्याकस्ट्रोकः ३० दशमलव ८५ सेकेण्ड कीर्तिमान

३. ४०० मिटर फ्रिस्टायलः ४ मिनेंट ४४ दशमलव ८१ सेकेण्ड

४. १०० मिटर फ्रिस्टायलः ५९ दशमलव ६२ सेकेण्ड कीर्तिमान

५. १०० मिटर बटरफ्लाईः १ मिनेट ०७ दशमलव ९७ सेकेण्ड

६. २०० मिटर ब्याकस्ट्रोकः २ मिनेट ४१ दशमलव २५ सेकेण्ड

७. २०० मिटर फ्रिस्टायलः २ मिनेट ०९।१९ सेकेण्ड

८. ४ गुणा १०० मिटर मिड्ले रिलेः ४ मिनेट ५१ दशमलव ८९ सेकेण्ड

९. २ सय मिटर मिड्ले रिलेः २ मिनेट ३२ सेकेन्ड

१०. ५० मिटर फ्रिस्टायलः २७ दशमलव ५९ सेकेन्ड

११. १ सय मिटर फ्रिस्टायलः१ मिनेट ७ दशमलव ७७ सेकेन्ड

१२. ४ गुणा सय फ्रिस्टायल रिलेमाः ४ मिनेट २१ दशमलव ४१ मिटरमा उनले स्वर्ण जितेकी हुन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com