११ बैशाख २०७६, बुधबार

काठमाडौं । सलमान खान तथा भूमिका चावला अभिनित फिल्म तेरेनामको सिक्वेल बन्ने भएको छ । उक्त फिल्ममा सलमान एक आवारा पागल प्रेमीको रुपमा देखिएका थिए ।

हाल भारत फिल्म निर्देशन गरिरहेका निर्देशक शतिश काैशिक फिल्म बनाउने तयारी गरेका बलिउड मिडियाले जानकारी दिएको छ । शतीसले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्, ‘हो म फिल्मको दोस्रो भाग बनाउन गइरहेको छु। यो प्रेम कथामा आधारित हुनेछ।तर कलाकार काे को हुनेछन् त्यो सबै तय भइसकेको छैन ।’

१६ वर्षअघि बनेको यस फिल्ममा सलमानको ‘हेयर स्टाइल’को पनि निकै चर्चा भएको थियो।र धेरैले उनको त्यो स्टाइल फलो गरेका थिए । असफल प्रेम कथामा आधारित ‘तेरे नाम’को अन्त्य अपुरो रहेको गुनासो आमदर्शकमा त्यतिखेर कायम थियो यसै बीच निर्देशक शतिशले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका हुन् ।

फिल्म २०१९ को अन्त्यसम्म तयार पार्ने तयारी रहेको समेत समाचार छ।

LIVE TV