११ बैशाख २०७६, बुधबार

बुटवल । रुपन्देहीमा बँदेल मार्नकालागि बनाइएको पासोमा परेर एकको ज्यान गएको छ । पासोमा पर्दा तिलोत्तमा नगरपालिका ११ का ४० वर्षीय मीनबहादुर गौतमको ज्यान गएको हो । गौतमसहितको एक समुहले दुईसाता अघि जङ्गलमा बँदेल मार्न विद्युतीय धरापसहितको पासो बनाएको थियो ।

सोही पासोमा परेर गत बैशाख १ गते गौतमको ज्यान गएपछि उनको शव उनका साथिहरुले जङ्गलमा लगेर गाडेको खुल्न आएको रुपन्देही प्रहरी प्रमुख डिलबहादुर मल्लले बताउनु भयो ।

बँदेलको पासोमा परेर ज्यान गुएपछि उनको शव जङ्गलमा लगेर गाडेको मृतकका साथिहरुले स्वीकारेका प्रमुख मल्लले बताएका छन् । घटनाबारे थप अनुसन्धान गर्न पाँच जनालाई नियन्त्रणमा लिईएको प्रहरीको भनार्य छ ।

LIVE TV