श्रीलंकामा बम विस्फोटबाट ज्यान गुमाएका ३ सय बढीकाे सामुहिक अन्त्येष्टि गरियो



प्रकाशित मिति : Apr 24, 2019

काठमाडौं । श्रीलंकामा आइतबारको बम विस्फोटमा परि ज्यान गुमाउनेहरुको सामुहिक अन्त्येष्टि गरिएको छ । राष्ट्रिय शोककामाझे बम हमलामा ज्यान गुमाएकाको सामुहिक अन्तिम संस्कार गरिएको हो ।

त्यसक्रममा पुरै मुलुकमा तीन मिनेटको मौनधारण गरिकाठएको थियो । थप हमला हुनबाट रोक्न घोषणा गरिएको संकटकाललाई निरन्तरता दिइएको छ । विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा मारिनेको संख्या ३ सय २१ पुगेको र झण्डै पाँचसय जना घाइते भएका प्रहरीले जनाएको छ ।

इस्लामिक स्टेटले घटनाको तीन दिनपछि आफ्नो समाचार निकाय ‘अमाक’मार्फत उक्त आक्रमणको जिम्मेदारी दाबी गरेको छ । उसले अमेरिकी गठबन्धनका नागरिक र श्रीलंकाका इसाईहरुलाई आफ्ना लडाकुहरुले निशाना बनाएको जिकिर गरेको छ ।

Image result for bomb attack in sri lanka

इस्लामिक स्टेटले कुनै पनि घटनामा आफ्नो संलग्नता भए तत्काल जिम्मेदारी लिएर आफ्नो समाचार निकायमा तस्वीर सार्वजनिक गर्ने गर्दथ्यो तर यसपटक भने उसले त्यसो गरेको छैन । यद्यपि श्रीलङ्काली सरकारले ती विस्फोटहरूका लागि स्थानीय इस्लामिस्ट समूह न्याशनल तौहिद जमातलाई दोषी ठहर्याएको छ ।

Image result for bomb attack in sri lanka

उक्त हमलाको सम्बन्धमा प्रहरीले हालसम्म ४० जना सन्दिग्धहरूलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेकाहरूमा एकजना सिरियाली नागरिक पनि छन् जसलाई स्थानीय सन्दिग्धहरूलाई केरकार गरेपछि पक्राउ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com